logo
  • शनिबार, साउन ३० २०८३

राष्ट्रप्रेमले ओतप्रोत अमेरिकावासी नेपाली श्रष्टा दाहालको राष्ट्रिय गीत


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

क्यालिफोर्निया, पुष १० ।
मान्छे विदेसिन्छ, फरक यत्ति हो कति रहरले त कति बाध्यताले । आफ्नो जन्मभूमि छाडेर विश्वको जुन कुनामा मान्छे पुगेपनि उसका लागि आफू जन्मेको देश, आफ्नो गाउँघर, घर परिवार तथा साथीभाईको मायाले भने पछ्याई रहेको हुन्छ । कतिले त्यसलाई मनमा नै उकुस-मुकुस पारेर राखि रहेका हुन्छन् त कतिले यसलाई विभिन्न माध्यमबाट व्यक्त गरेका हुन्छन् ।

देश दुःखेका बेला निस्किएका कतिपय भावनाहरुले गीत संगीतको रुप समेत लिएको हुन्छ । यस्तै मध्येका एक हुन् अमेरिका बासी नेपाली श्रष्टा हरिहर दाहाल । जो अमेरिकाको क्यालिफोर्निया स्थित सनिभेल बस्नुहुन्छ । क्यालिफोर्निया स्थित बे एरियामा रहेका नेपालीहरु माज एकजना निस्वार्थी समाजसेवीका रुपमा परिचित दाहालले पछिल्लो समयमा देशको परिस्थिति बारे गीत मार्फत् सन्देश प्रवाह गर्न खोज्नु भएको छ । एउटा सपूत जन्मिए हुन्थ्यो नामक यो गीत युट्युवमा निक्कै लोकप्रिय हुँदै गएको छ ।

गीतको रचना हरिहर दाहालले गर्नुभएको हो भने यसलाई स्वर दिनुभएको छ थानेश्वर गौतमले । गीतमा पछिल्लो समयमा मुलुकमा फस्टाउँदै गएको लुटतन्त्र प्रति चिन्ता व्यक्त गरिएको छ । ‘देश लुटि खाने कपुतहरु धेरै जन्मिए तर देश बनाउने सपुत कहिल्यै जन्मिएनन’ भन्ने केही आक्रोशित तथा राष्ट्रिय भाव र समर्पणले भरिएका गीतले राष्ट्रप्रेमी नेपाली जनहरुलाई एकपटक भावुक गराउँछ । गीतमा‘एउटा सपुत जन्मे हुँन्थ्यो देश उठाउने, बिभाजीत मनहरु एकठाँउ जुटाउने’ भन्ने भावना पनि पोखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend