logo
  • शुक्रबार, असोज ९ २०८३

झुटो बयान…


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

जमुना आरुषी

मनको अदालतमा उभिएर
एक्कासी
बयान दिएको छ
चिहानघारीमा फुलेको
एउटा गुलाफले आज
आँसु पुछेको रूमाल
त्यही रूमालमा
आँसुले लेखिएका
गीतका केही हरफहरू
हिउँ जस्तै कोमल रहर
पहेलो घाममा फुलेका
आगोका फूलहरू
पिठ्युमा
बुइ चढेर हिडेका
रूमानी यादहरू
कुर्लुममै बोकेर
उभिएको छ आज
मनको अदालतमा
मेरै बयान दिन
तर भन्दै भन्दैन
मेरो आँखाको
हिउँ पग्लिएर
शोकाकूल भइ
किनारा भिजाएको
उसैले दिएको गुलाफले
मेरो मन मुटु रेटेर
हत्या गरेको
पटक पटक आन्दोलन गरेर
मेरो मौनताको दरबार
भत्काएको
यादै यादको सिरक
ओढाएर मेरा सपनाहरूको
आफै हत्यारा बनेको
बिसौनीमा पर्खीरहेको
मेरो एक मुस्कानलाई
पछाडिबाट छुरा धसेर
रक्ताम्मे बनाएको
त्यही मनमा झुन्डिएका
मेरा इन्द्रेणी रहरहरू
झिसझिसे उज्यालो मै
आफैले अपहरण गरेको
उसको आँसु पछ्याएर
हिडेका मेरा पदचापहरूमा
हुरीसँगै सुनामी चलाएको
खै उसले भनेको ??

यी सव सव सत्य कुराहरू
भन्दै भन्दैन केही पनि भन्दैन
केवल झुटो बयान लिएर
किन उभिएका छ
मेरै मनको अदालतमा
झुट्टै झुटो बयान दिन
मात्रा मलाई
आफ्नो झुटो प्रेमको
हत्यारा सावित गर्न

जमुना आरुषी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend