साझा नेटवर्क
काठमाडौं, पुष ९ ।
अर्घाखाँची जिल्लाको पालीमा जन्मिएर हाल बुटवलमा बस्दै लामो समय देखी कलाकारीता क्षेत्रमा रही बिशेषत: लोक दोहोरी गीतलाई प्राथमिकतामा राखी गीतहरू गर्देै आइरहेका गायक वसन्त लम्सालले आफ्नो परिकल्पनामा “हाम्रो प्यारो अर्घाखाँची” गीत बजारमा ल्याएका छन ।
साथमा अर्घाखाँची कै गायक गायिका विश्वास नेपाल, जमुना सनम, कल्पना श्रिपालको स्वरमा सजिएको छ । आफू जन्मिएको जिल्लालाई समेटी त्यहाँका कला संस्कृति रिति रिवाज र त्यहाँका पर्यटकीय, धार्मिक क्षेत्रलाई अर्घादरबार फिल्मस प्रा.ली.को प्रस्तुतिमा तयार पारिएको हो ।
वसन्त लम्साल र विश्वास नेपालको शब्द, वसन्त लम्सालको लयमा तयार परेको गीत हाम्रो प्यारो अर्घाखाची, अर्घाखाचिको सान पर्यटकिय सम्मान जिल्लालाई पर्यटकिय स्थल बनाउन र अर्घाखाचीलाई चिनाउन गरिएको यो अभियानमा जिल्लाका थुप्रै पर्यटकिय स्थानहरू सुपा देउराली अर्घाको दरबार, खाँची मैदान, मथुरा बेसी, बल्कोट पौवा, खिदिमको साततले गुफा, फुदवाङ, खनको जालकाडा, पृथ्वी नारायण शाहको मावली डिहिडाडा श्री चन्द्र प्रभा उमाबि रहेका छन् ।
त्यसैगरी पालीको कमला उमाबी, ठाडाको डमरु दह, नरपानी चुन ढुङगा, थुप्रै ठाउँमा गई छायाङ्कन गरेको गीतमा अर्घाखाची कै कलाकार शीतल के.सी, सुरुची रायमाझी, बाबुराम भुषाल, बबिन नेपाल, यबराज थापा, सहयोगी बि.सी, राजु खड्का लगायतको अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend