logo
  • शनिबार, साउन ३० २०८३

संविधान संसोधन नहुने ओलीको अडान कायमै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ पुष ९ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि केपि शर्मा ओलीले कुनै पनि हालतमा संविधान संसोधन प्रस्ताव अगाडि नवढ्ने र पारित पनि नहुने वताउनु भएको छ। आज नेकपा एमाले बागलुङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले भोट हालेर राष्ट्रिय अस्तित्व समाप्त पार्न नसकिने वताउँदै राष्ट्रिय हितलाई अफ्ठेरो पर्ने गरी कुनै पनि काम हुन नदिने ठोकुवा गर्नुभएको छ।
ओलीले सरकार अरुले नै वनाईदिएको आरोप लगाउँदै राष्ट्रहितको कुनै पनि काम नगर्ने दावी गर्नुभएको छ। मधेशका एकाध नेताले चाहेको भरमा संविधान संसोधन हुन नसक्ने भन्दै एमालेले हिमाल पहाड र तराईलाई अलग गर्न नदिने समेत वताउनु भएको छ। काँग्रेसलाई वेइमानको संज्ञा दिँदै ओलीले माओवादीलाई कतिन्जेल काँध वोक्नेहो? प्रश्न गर्नुभएको छ। निर्वाचन मार्फत संविधान कार्यान्वयन गर्ने समयमा सरकार अरुकैलागी हित गर्ने काममा लागेको आरोप लगाउनु भएको छ।
ओलीले नेपालमा सरकारले राम्रो काम गर्न थाले ढल्नुपर्ने अवस्था रहेको भन्दै देशको सम्वृद्धिको लागी सवै नागरिक लाग्नुपर्ने वताउनु भएको छ। पटक पटक हिमाल पहाड तराई कोहि छैन पराई भनेका ओलीले नेपालीलाई विभाजन गरि नेपाललाई कमजोर पार्ने षड्यन्त्र भैरहेको टिप्पणी गर्नुभएको थियो । काठमाडौंवाट ढोरपाटन पुगी फर्केर कार्यक्रमको सम्बोधन गरेका ओलीले ढोरपाटनको विकासवाट सिंगै जिल्ला र देश लावान्भित हुने भन्दै पर्यटनका संभावनाहरुको खोजी गर्नुपर्ने वताउनु भएको छ।
मध्यपहाडि लोकमार्गको विकासले यस क्षेत्रको मुहार फेर्ने वताएका ओलीले नेपालको सम्वृद्धि एमालेको अगुवाईमा मात्र हुनसक्ने ठोकुवा गर्नुभएको थियो । ओलीले राजनिति भनेको देश वनाउने विधि भएको भन्दै झालझेल गरेर राजनिति नगर्न आग्रह गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव एवं संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले संविधानको व्यावस्थामा नै नभएको अधिकार लिएर संविधान संसोधन गर्न खोजीएको भन्दै आपत्ति व्यक्त गर्नुभएको थियो ।

अहिले प्रदेश नं. ५ टुक्राउनेले भोली प्रदेश ७ र १ पनि टुक्राउने वताउँदै कुनै हालतमा संविधान संसोधन प्रस्ताव पास हुन नदिने वताउनु भएको छ। कार्यक्रममा जनगायक जिवन शर्मा लगाएतका कलाकारले गित प्रस्तुत गर्दा दर्शकहरु आआफ्नो स्थानमै नाचेका थिए । कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मना केसि लगाएतका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष नर वहादुर थापको स्वागत मन्तव्य तथा सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख विष्णु भुसालको संचालनमा सम्पन्न भएको थियो । ३ दिन सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने वताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend