logo
  • शनिबार, भाद्र २० २०८३

प्रवासी नेपाली मञ्च बहराईनको दोश्रो अधिवेशन हुँदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

एमलाल बेलबासे, बहराइन ।
एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च बहराईनको दोस्रो अधिवेशन आउँदो जनवरी १ मा हुने भएको छ । नेकपा एमालेको मध्यपूर्वी एसिया हेर्ने प्रवास व्यूरो इन्चार्ज प्रमुख कमरेड श्रीप्रसाद शाहको प्रमुख आतिथ्यमा हुन गैरहेको अधिवेशनमा नितान्त प्रवासी नेपालीहरूको हक, हित , अधिकार र संरक्षणका निमित्त केन्द्रित रहने बाताईयको छ ।

बहराईन राष्ट्रलाई कर्मथलोको रूपमा रोजगार गर्दै आउनु भएका नेपालका प्रमुख राजनितीक दलका प्रवास बिभागका भातृ संगठनहरूको प्रमुखहरू , बिभीन्न सामाजिक संघ संस्थाहरूका प्रमुखहरू , बुद्धिजिवीहरू , व्यावसायीहरू , पत्रकारहरू , दाजुभाई तथा दिदीबहिनीहरूका साथै नेकपा एमाले प्रति आस्थावान सम्पूर्ण नेपालीहरूमा यस प्रवासी नेपाली मञ्च बहराईनको ऐतिहासिक दोस्रो अधिबेशनमा प्रत्यक्ष रूपमा सहभागि भैदीन एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च बहराईनले निकालेको वक्तब्यमा अनुरोध गरेको छ ।

फूड सिटी मनमामा जनवरी १ तारिक २०१७ का दिन विहान १० बजेदेखि शुरु हुने अधिवेशन ऐतिहासिक बनाउन बिशेष तयारी अन्तिम चरणमा पुगेको र प्रवासी नेपाली मञ्च बहराईनको दोस्रो अधिबेशनलाई भव्य , सभ्य र गरिमामयी तवरबाट सुसम्पन्न गर्नका लागी बिभीन्न बिभागिय समिती र उपसमितीहरू गठन गरि परिचालन समेत गरिएको समितिका महा सचिब शालिकग्राम पन्थले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend