logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको जिल्ला अस्पतालमा गुनासो संकलन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, पुस ७ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत आज घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम गरिएको छ । आज जिल्ला अस्पताल तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी जिल्ला अस्पतालले दिने सेवा सम्बन्धमा सेवाग्राहीको गुनासो संकलन गरिएको हो ।

जिल्ला अस्पताल तम्घास गुल्मीबाट सेवा लिदा अस्पताल बाट निःशुल्क पाउनुपर्ने औषधिहरुको बारेमा जानकारी नभएको साथै निःशुल्क पाउनुपर्ने औषधीहरु कम मात्रामा पाएको, नयाँ नाम दर्ता १ बजे नै बन्द हुने भएको हुदा टाढाबाट आउने सेवाग्राही मर्कामा परेको लागाएतका गुनासोहरु आएका थिए । उक्त गुनासोहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका अध्यक्ष श्यामकुमार पण्डेयले बताउनुभयो ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय, कार्यसमिति सदस्य श्रीमति तारादेवी पौड्याल र संस्थाकी कर्मचारी अञ्जना अधिकारीको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend