logo
  • शनिबार, भाद्र २० २०८३

जीवनमा आत्मसन्तुष्टी प्राप्त गर्ने मुख्य चिज नै मानव सेवा हो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

– मोहन घिमिरे गुल्मी ।
सुमना दवाडी एक सामाजिक कार्यकर्ता हुन। महिला र वालबालिकाको अधिकार रक्षार्थ गठित Women Nepal नामक संस्थाकी संस्थापक रहेकी सुमना हाल अध्ययनको क्रममा अमेरिकामा छिन। उमेरले भर्खर २४ पुगेकी सुमनाको लक्ष्य मानव सेवा नै हो।
पश्चिम नेपालको गोर्खामा जन्मिएर राजधानी लगायतका क्षेत्रमा सकृय रुपले कृयाशिल सुमना अध्ययन पश्चात नेपाल मै काम गर्ने मनस्थितिमा छिन। मुछ्चोक-६, गोर्खामा पिता मुक्तिनाथ दवाडी र माता मधुमाया दवाडिको कोखबाट जन्म लिएकी सुमनाका २ दिदी र एक दाजु रहेका छन। Woman Nepal मा कृयाशिल रहदा उनले मानवसेवा गर्ने अवसर मात्र पाईनन; नाम पनि कमाउन सफल भईन।
Woman Nepal ले बनाएको रक्षा एपको कारण पनि उनको नाम चर्चामा छ। महिलाहरु वारम्बार अपहरण, बलत्कार जस्ता अपराधिक घटनाको सिकार भै रहने नेपाली समाजमा उनले आविस्कार गरेको एपको सहि प्रयोग हुन सके पिडितले तत्काल राहत र उद्दार पाउन सक्ने सुमनाको विश्वास रहेको छ। उक्त एप मार्फत अफ्ठ्यारो परेका महिलाहरुले मोबाईलको स्वीच बटन थिच्न साथ आफ्नो परिवार र प्रहरीलाई उनको लोकेसन सहितको आपतकालिन सन्देस पुग्नेछ। जसको लागि उक्त एपमा कम्तिमा २ ओटा नम्मर पहिले नै सेभ गरेर राख्नु पर्दछ। उक्त एप google play store बाट डाउनलोड गरेर सहजै सवैले प्रयोग गर्न सक्ने छन।
सुमनाले आफलेू किशोरी अवस्थामा भोग्नु परेका लैङ्गिक विभेद र दुर्ब्याबहारको कारण नै नारी अधिकारको लागि काम गर्न थालेकी हुन। उनको विचारमा जिबनमा आत्मसन्तुष्टी प्राप्त गर्ने मुख्य चिज नै मानव सेवा हो। नारी अधिकारको क्षेत्रमा कृयाशिल रहेकी सुमनाले २०७२ को विनासकारी भुकम्प पश्चात् आफ्नो बाटो फराकिलो बनाईन। भुकम्पमा परी घाईते भएका सयौ मानिसहरुको उपचार, आवास व्यबस्थापन, खानेपानीको वितरण तथा पुनः स्थापना कार्यमा उनी सकृय रहिन।

नेपाल रेडक्रस सोसाईटी मार्फत स्वयम् सेविकाको रुपमा उनले सम्पादन गरेको कामको रेडक्रस सोसाईटीले नै उच्च मूल्यांकन गरि सुमनालाई अग्रणि स्वयम् सेविकाको रुपमा सम्मान गरेको थियो। काठमान्डौको जनजिबन सामान्य हुन थाले पछि उनी साहयता कर्मी सहित गोरखा पुगिन। ईजरायलबाट प्राप्त सहयोग बोकेर गोरखा पुगेकी सुमनाले त्यहा धेरैको लागि अस्थायी टहराहरु निर्माण गरिदिइन। उनको सहयोगले धेरै भुकम्प पिडितका भत्किएका मनहरु जोडिए।

अध्ययनलाई निकै महत्व दिने सुमना हाल भने अमेरिकामा छिन। अमेरिकामा रहे पनि उनी नेपाल र नेपाली वारे सधै चिन्तित छिन। नेपालमा रहदा काठमान्डौ रेडक्रसको Dissester Response Team कि सकृय सदस्य रहेकी सुमनाले रेडक्रस मार्फत विभिन्न तालिम र प्रशिक्षण समेत लिएकी छिन।

अब बिहे गर्ने सोच त छैन? भन्ने प्रश्नको जवाफमा आफू अध्ययनको क्रममा रहेकोले तत्काल विहे वारे सोच्न नसक्ने बताईन। Woman Nepal मा काम गर्दा उनलाई सकृय सहयोग गर्ने निलेस श्रेस्ठलाई समेत उनले स्मरण गरीन।

यसरी विभिन्न सामाजिक कामहरुमा आवद्ध रहेकी सुमनाले नेपालमा नयां परीयोजना संचालन गर्ने सोच बनाएकी छन। नेपाली समाजको लागि निरन्तर सेवा र सहयोगमा जुट्ने सुमनाका भावी दिनहरु सफल र उद्देश्य मुलक बन्न सकुन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend