logo
  • शनिबार, असोज १० २०८३

चरम गरिबी र अपाङगताले घिमिरे परिबारको बिचल्ली, सहयोगको याचना


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण बिसी, पाल्पा पुस ६ ।
श्रीमान कसैको गोरु पाए जोत्न जान्छन,त्यो पनि भनेको बेलामा हुदैन, श्रीमती नत बोल्न सक्छिन नत केही काम गर्ननै । कसैसगं मागेर वा श्रीमानले केही काम पाएर ल्याएको मानोले उनिहरुको पेट भरिन्छ, यदि काम भएन भने भोकै पनि बस्नुपर्ने अवस्था छ ।

सम्पत्तिको नाममा उनिहरुको सानो झुपडी छ, न कसैको सहयोग छ, न उनिहरु प्रति कसैको सहानुभुति, जसो तसो जिन्दगी धानिरहेका छन । दम्पतिनै बौद्धिक रुपमा अपाङगता भएका छन भने उनिहरुले जन्माएको छोरीमा पनि शारिरिक अपाङगता छ । लेखिएका यि शब्दले पनि ब्यक्त गर्न सकिदैन, गुल्मी हस्तिचौर गाविस बडा न २ का मोतिलाल घिमिरेले भोगेको चरम गरिबी र अपाङगताले निम्ताएको समस्या मा ।

स्पष्टरुपमा बोल्न नसक्ने र सांकेतिक भाषाको प्रयोग गर्ने ४५ बर्षिय घिमिरेले सुस्तमनस्थिती भएकी शारदा घिमिरे सगं १४ बर्ष अघि बिहे गरेका थिए, उनिहरुबाट जन्मिने सन्तानमा पनि अपाङगता देखिने गरेको छ । अहिले सम्म ७ जना छोराछोरी जन्माए,अरुलाई बचाउन सकिएन,अहिले अन्तिममा छोरी छ, त्यो पनि बोल्दिन,शरिर पनि चलाउन सक्दिनू उनले अस्पष्ट बोली र साकेंतिक भाषामा भने । ७ जना छोराछोरी जन्माएको उक्त दम्पत्तिको अहिले ४ बर्षिय छोरी रहेकी छन ।

घिमिरे शारिरीक रुपमा ठिक भएपनि स्पष्ट रुपमा बोल्न सक्दैनन भने पत्नी शारदाको दृष्टि कमजोर हुनुका साथै सुस्तमनस्थिती भएकी छन ।परिबारका सबै सदस्य गर्न नसक्ने भएपछि घिमिरे परिबारको बिचल्ली भएको छ । कहि कतैबाट सहयोग पाएको छैन,सहयोग पाए छोरीको उपचार गर्ने थिए, घिमिरेले आखामा आशु झार्दै भने । अपाङगता भएका छोरी र श्रीमती छाडेर कता जानु, उनले फेरी भावुक हुदै भने । अहिले घिमिरे दम्पतिलाई दैनिकी चलाउन समेत धौ धौ परेको छ । कसैले सहयोग गरेमा छोरीको उपचार गर्ने उनको धोको रहेको छ ।

घिमिरेले आफुलाई सहयोग गर्न सबैमा अपिल गरेका छन । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत प्राप्त हुने अपाङगता भत्ताका लागी गाविसमा विबरण पेश गरिएको स्थानिय बाबुराम पन्थिले बताए । उनको अवस्था अत्यन्तै दयनिय भएकाले सबैले सहयोग गर्नु जरुरी छ, पन्थिले भने । त्यस्का लागी गाउस्तरमा पनि पहल भैरहेको उनले जानकारी दिए । घिमिरे दम्पतिलाई सहयोग गर्न चाहानेले ९८४७२३४५६९ मा सम्र्पक गर्न सकिने घिमिरेका छिमेकी पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend