साझा नेटवर्क
सुनसरी, पुष ६ ।
चोरीको बिषयलाई लिएर सुनसरीको भण्टाबारीमा प्रहरीले चारजना सर्वसाधारण युवाहरुलाई कुटपिट गरेको बिरुद्धमा सर्वसाधारणले आन्दोलन थालेपछि जिल्लाप्रहरी कार्यालय सुनसरीले त्यहाँ कार्यरत प्रहरी इन्चार्ज प्रनानी अशोक कोइरालालाई जिल्ला हाजिर गराई उनको स्थानमा अर्को इन्चार्ज पठाएको छ ।
भण्टाबारीमा एम्बुलेन्सबाट सोमबार मोवाइल चोरी गरेको भन्दै चार जना सर्वसाधरणलाई कुटपिट गर्ने सिमा प्रहरी चौकी भण्टावारीका ईञ्चार्ज प्रहरी नायव निरिक्षक(सई) अशोक कोइरालालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलवार तानेको छ । उनको ठाउँमा सुनसरी प्रहरीले लोक बहादुर श्रेष्ठलाई पठाईएको प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताएका छन् ।
सोमवार दिउँसो केरा किन्नका लागि भण्टावारीमा रोकेको एम्बुलेन्सबाट केरा बेच्ने भाण्टावारीका स्थानीय व्यपारीहरुले मोबाईल चोरी गरेको भन्दै भण्टावारीका प्रहरी ईञ्चार्ज कोइराला र त्यहा कार्यरत्त प्रहरी हवल्दार बिरेन्द्र यादवले ४ जना सर्वसाधरणलाई प्रहरी कार्यालय भित्र यातना दिदै कुटपिट गरेको थियो ।
निर्दोष सर्वसाधारण माथि सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरीहरुले कुटपिट गरी यातना दिएको भन्दै दोषी प्रहरीलाई कार्वाही गर्न पिडित परिवारको माग अनुसार कार्वाही स्वरुप भण्टावारीका ईञ्चार्ज कोइरालालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले तानिएको हो ।
बिना कारण आफुहरुलाई कुटपिट गर्दै चोरी भएको भनिएको मोवाईलको क्षर्तिपुति २० हजार रुपैँया प्रहरीले असुल गरेको भन्दै पिडितहरुले जनता कुट्ने दोषी प्रहरीलाई कार्वाहीको माग गरेपछि प्रहरी ईञ्चार्जलाई सुनसरी प्रहरी तानिएको हो ।सोमवार प्रहरीले कुटपिट गरी घाइते बनाएका भाण्टावारी र भिमनगरका स्थानीयहरुको रोहबरमा मंगलबार बसेको बैठकले प्रहरी कुटाई बाट घाइते भएकाहरुले कुटपिट गर्ने प्रहरी कर्मचारीहरुलाई कार्वाहीको माग गरेको थियो ।
भण्टावारीका प्रहरी ईञ्चार्ज कोइराला र हवल्दार बिरेन्द्र यादवले कुटपिट गरेको बिषयमा भण्टावारीमा प्रहरीको दादागिरी, चार सर्वसाधरण प्रहरीबाट कुटिए शिर्षकमा सोमवार समाचार प्रकाशित भएको थियो । त्यसपछि मंगलबार भण्टावारी प्रहरीले बजारमा केरा बेच्नमा रोक लगाएपछि आक्रोशित व्यवसायीले प्रहरी बिरुद्ध नारावाजी समेत गरेका थिए ।
भण्टावारीमा नेपाल प्रहरीले स्थानीय व्यापारी र भारतीय केरा व्यापारीहरुलाई केरा बेच्न रोक लगाएपछि भारतीय पक्षले समेत नेपालबाट नेपाली भारत प्रवेश गर्न केही समय रोक लगाएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend