साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ पुस ५ ।
जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा रहेको एक मात्र क्याम्पस निसीभुजी जनता क्याम्पसलाई ३ लाख सहयोग प्राप्त भएको छ । क्याम्पसको भवन निर्माण भइरहेको अवस्थामा उक्त क्याम्पससलाई प्रभु बैंकको केन्द्रीय कार्यालयबाट १ लाख तथा बैंकका फाउन्डर देवी प्रकास भट्टचनबाट २ लाख गरि ३ लाख सहयोग प्राप्त भएको क्याम्पु व्यवस्थापन समितिका अध्यक्ष धीर प्रताप शिंहले बताउनुभएको छ ।
क्याम्पसको भवन निर्माणका लागि विभिन्न व्यक्तिहरुबाट चन्दा संकलन भइरहेको बेला सञ्चालक समितिका अध्यक्ष शिंहको पहलमा उक्त रकम सहयोग दाताले दिएको बताइएको छ । करिव १ करोड ३० लाख बढीको लागतमा क्याम्पसको भवन बुर्तिबाङको खप्तरीबाङमा निर्माणाधिन अवस्थामा छ ।
जिल्लाको पश्चिम क्षेत्रका विभिन्न गाउँ विकास समिति र आसपासका छिमेकी जिल्ला गुल्मी प्युठान म्याग्दी रुकुम रोल्पाबाट समेत उक्त क्याम्पसमा अध्ययनका लागि विद्यार्थी आउने गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसका विषेश गरि छात्र भन्दा छात्रा संख्या अत्यधिक रहेको बताइएको छ। क्याम्पसको आर्थिक व्यवस्थापन सँगै भौतिक व्यस्थापनका लागि अहिले समितिका तर्फबाट आर्थिक संकलन अभियान नै थालेको बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend