logo
  • शनिबार, असोज १० २०८३

निसीखोला गाउँ पालिकाको केन्द्र परिवर्तन गर्न माग राख्दै ज्ञापनपत्र बुझाईयो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बाग्लुङ पुस ५ ।
राज्य पुर्नसँरचना अनतरगतको स्थानीय तहको पुनःसंरचनाको प्रतिवेदन केन्द्र स्थित आयोगले सरकारलाई बुझाउने तयारी गरिरहेको बेला बागलुङको देबिस्थान गाबिसलाई अन्याय गरेको भन्दै त्यसलाई परिवर्तन गर्न माग गर्दै जिल्ला स्थित राजनीतिक दललाई स्थानीय स्तरबाट ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारमा एक कार्यक्रम गरि देबिस्थान, निसी, बोहरागाउँ, राजकुट गाउँपालिकाको केन्द्र बोहरागाउँको झिँवाखोला केन्द्र बनाउँदा देबिस्थानका जनतालाई सेवा लिन समस्या पर्न जाने भएको हुँदा सो निर्णय फिर्ता लिन माग गर्दै अन्यथा आफुहरू बुर्तिबाङ केन्द्रमा जाने देबिस्थान गाविस संघर्ष समितिका संयोजक ईन्द्रबहादुर मल्लले बताउनुभएको छ ।

प्रस्तावित निसीखोला गाउँ पालिका अन्तरगतका ४ गाबिसको केन्द्र निसीखोलामा राख्ने सहमति बिपरित अहिले झिँवाखोलामा गाउँपालिकाको केन्द्र राख्ने कुरा आएको हुँदा त्यसमा आफुहरू सहमत हुन नसक्ने मल्लले उक्त अबसरमा बताउनुभएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका सभापति दिपेन्द्र थापा, नेकपा एमालेका अध्यक्ष श्रीप्रसाद शर्मा, नेकपा माओबादी केन्द्रका ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका सचिब धर्मबहादुर कुँवर, राप्रपाका अध्यक्ष टिकाराम सापकोटा लगायतका नेताहरूले स्थानीय जनताको भावना बुझेर सहमतिको आधारमा जानुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend