logo
  • शनिबार, असोज १० २०८३

युवा संघ रुपन्देही अध्यक्षको गोली हानी हत्या


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बुटवल, पुष ४ ।
नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । उनलाई देवदह बजारस्थित घर नजिकै एक व्यक्तिले गोली हानेका हुन् । गोली लागेर तिवारीको मृत्यु भएको युवा संघ उपाध्यक्ष दिलु पन्तले जानकारी दिइन् ।

रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने युवकले भारतीय नम्बरबाट प्रहरी समक्ष फाेन गरेर घटनाकाे जिम्मेवारी लिएको उपाध्यक्ष पन्तले दाबी गरिन् । प्रहरीले गोली चलाएको आरोपमा मनोज राना पुनलार्इ पक्राउ गरेकाे भनिए पनि पुष्टि हुन अझै बाँकी छ । प्रहरी स्रोत अहिलेसम्म कसैले हालसम्म अात्म समर्पण नगरेकाे बताउँछ । पुनले छ महिना अघि पनि तिवारीलार्इ गाेली हान्ने प्रयास गरेकाे प्रहरीकाे भनाइ छ ।

युवा संघ उपाध्यक्ष पन्तका अनुसार अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ । बैठकले घटनाप्रति खेद प्रकट गर्दै तिवारी माथि श्रद्धाञ्जली अर्पण गरेकाे छ । रातो पल्सर मोटर साइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो ।

रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले घटनाकाे थप अनुसन्धान भइरहेकाे जानकारी दिए । उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शील गरिएको छ । घटनाबारे बुझ्न पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी कमलसिंह बम पनि पोखराबाट बुटवल आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend