logo
  • शुक्रबार, असोज ९ २०८३

गायक हरि थापा र बिजु घिमिरेको माकुराको जालो बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी,  काठमाडौं  पुष ४।
बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा हरि थापा र बिजु घिमिरेको लोक दोहोरी गीति एल्बम “माकुराको जालो” बजारमा आएको छ । उक्त गित युट्युब मार्फत सार्वजनिक भएको हो ।
makurako-jaloभनिन्छ गित संगीतले कतिबेला कसलाइ कहाँ पुराउछ, गित संगीत भनेको शुख दुखको साथी पनि हो । नेपाली साँगितिक बजार साघुरो बन्दै गएतापनि नया कलाकारहरुको आगमन भने रोकिएको छैन । कति कला भएर आयका छन, त कति रहरले मात्र । खासमा भन्नू पर्दा रहरमा भित्रीएका कलाकारले राम्रो प्रतिभा भएका कलाकारहरुलाई ओझेलमा  पारेका छन।

यस्तै माहोलमा हरि थापा र बिजु घिमिरेले लोक दोहोरी गिति एल्बम “माकुराको जालो” लिएर बजारमा आएका हुन् । छोटो समयमा धेरै दर्शकहरुले मन पराएको गितलाई यतिबेलाका ब्यस्त सर्जक एबम गायक मधु सुदन डागिले सोहि गीतमा शब्द र संगीत भरेका छन ।

बिक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडियोमा रिचा थापा र रुम गाह मगर को अभिनय रहेको छ । मुकेस हुमागाइको छायांकन तथा मिलन बि.क.को सम्पादन रहेको म्युजिक भिडियोलाई वसन्त फिल्मस प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।

हेरौ भिडियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend