logo
  • शनिबार, असोज १० २०८३

छोराको मृत्युको दश दिन हुँदा बुवाको पनि मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी पुस २।
गुल्मी जिल्लाको दोहली गाऊ विकास समिति वडा नं ४ की कमला थापाको आँखाको आँसु अझै ओभाएको छैन । ३६ बर्षे छोरो गुमाएकी उहाँ शनिबार बिहान सम्म अचेत जस्तै हुनु हुन्थ्यो । मृत्यु शब्द कसैको लागी प्रिय हुँदैन । मृत्युको पीडा भुल्न धेरै समय लाग्छ ।

यो पीडा कमलाले कहिले सम्म भुल्नु हुन्थ्यो त्यो उहाँमा नै भरपर्ने कुरा थियो । तर दैवले उहाँ माथी सहनै नसक्ने र भुल्नै नसक्ने अर्को पीडा थपि दिएको छ । जसले शोकमा डुबेको परिवार मात्र होइन सिङ्गो गाउँ नै दुःखमा रहेको छ ।

जेठो छोरा लक्ष्मण बितेको आज १० दिन भए । पीडाका बिच बुबा झल बहादुर थापा किरियामा बस्नु भएको थियो । तर आज अचानक उहाँको पनि निधन भयो । छोराको किरियाकै दश दिने काममा रहेका बेला नुहाएर बसेका थिए, छिमेकी केशव जिसीले भन्नुभयो चिया खाएको केहीबेरमा नै मृत्यु भएछ ।

जिसीका अनुसार झल बहादुरलाई केहि समय अगाडी दमको सामान्य समस्या थियो । अहिले छोराको निधनको पीडा माथी दैवले थपेको अर्को बज्रपातले थापा परिवार, आफन्तजन र गाउँघर शोकमग्न रहेको छ । दिवंंगत थापाको आजै अन्त्येष्टी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend