logo
  • शनिबार, असोज १० २०८३

गुल्मीका सिडियोलाई जनताले घेरे, माफी मागेर पनि सुख पाएनन्


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी पौष २।
हिजोको शान्तिपुर्ण आन्दोलनमा चरम दमन र वर्वता अपनाएको भन्दै गुल्मीका सिडियो जनताको घेराउमा परेका छन् । अहिले विहान आन्दोलनरत पक्ष संग सम्वाद गर्न जिल्ला विकास समितिको सभाहलमा बैठकको आयोजना गरेका सिडियो कृष्णप्रसाद ढुङ्गनालाई गेटमा बसेका आन्दोलनकारीले बाहिर निस्कनीन दिएका छैनन् ।
pic-2जिल्ला प्रशासन अगाडी टायरहरु बालिएकोले धुँवामय बनेको छ । गटेबाट वाहिर निस्कने अवस्था नभए पछि सुरक्षा निकायका प्रमुखहरुले सिडियो र एलडियोलाई जिल्ला विकास समितिको कार्यालय भित्र लगेर राखेका छन् । वाहिर निस्केर माफी माग्नु पर्छ नत्र छाडिन्न भन्दै आन्दोलनकारीहरुले नारावाजी गरिरहेका छन् । विशेषतः युवा पक्ती उत्तेजित भएका छन् ।
pic-1यो समाचार तयार पार्ने बेला सम्म संयुक्त जनआन्दोलन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले सम्झाउने प्रयास गरिरहेका छन् । झण्डै दुइ घण्टा लामो बैठक अवधीकोा अन्तिम तिर आएर सिडियो हिजोको घटना प्रति आत्मालोचना गर्दै माफी माग्न बाध्य भएका छन् ।

सांसद कमला बिश्वकर्मा ज्यु घाईते भएकोमा क्षमा चाहन्छु भनेका सिडियोलाई सांसद बिश्वकर्मा संग मात्र माफी मागेर मात्रै पुग्दैन्, जो जसका टाउकामा लाठी वर्साउनु भएको छ ति सवै प्रति माफी माग्नु पर्छ भनेर संयोजक श्रेष्ठ, एमाले नेता मधुकृष्ण पन्त लगायत सवै दलले थुर्नु थुरे पछि ल ठिकै छ माफी माग्नु पर्छ भने पनि तयार छु भनेर सिडियोले दुई हात जोडेका थिए । अव भोली देखि हिजोको अवस्था दोहरीने छैन भन्दै उनले प्रतिवद्धता जनाएका छन् । आन्दोलन गाउँ गाउँबाट पनि चर्किएको छ ।

गुल्मीमा एउटा पनि प्रहरी रहन नदिने चेतावानी

हिजो सदरमुकाममा भएको प्रहरी दमन प्रति गाउँका जनता र नेताहरुले सदरमुकाममा हाम्रो मान्छेलाई अव छोईयो भने एउटा पनि प्रहरी गुल्मीमा रहन नदिने चेतावानी दिएका छन् । आन्दोलनलाई गाउँ स्तरमा घनिभुत पारेका मजुवाका समाज सेवी चेतन बस्नेतले फोनमा भने–‘ भन्दीनुस् प्रेम जि, त्यहाँ हाम्रा मान्छेलाई अव छोईयो भने मात्रै गुल्मीमा एउटा पनि पुलिस रहन दिने छैन् ।

नेटा, दर्लिङ्ग, पौदी अमराई, वामी टक्सार , वलेटक्सार , सिमलटारी, पुर्कोटदह लगायतका प्रमुख स्थानका आन्दोलनकारीले पनि यहाँको प्रहरी प्रशासनलाई कडा चेतावानी दिएका छन् । पौदीअमराईको आन्दोलनको विचबाटै त्यहाँका अवकास प्राप्त सुवेदार विष्णुबहादुर खातीले सदरमुकाममा मान्छे थोरै भए भनेर हरेस नखान नेताहरुलाई हौसला बढाए ।

बैठकमा कांग्रेसका पार्टी सचिव खिलध्वज पन्थी र एमाले सचिव सोमनाथ सापकोटाले प्रहरीलाई जनताले लखेट्न समेत सक्ने चेतावानी दिए । बैठकमा कसरी थुरे सिडियोलाई केहि वेरपछि पस्कीने छौं । यो समाचार तयार पार्ने वेलामा भित्र पसेका सिडियो सहितका टोलीले फोन गरेर एक रेष्टुरेण्टलाई दुध मगाउँदै थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend