logo
  • शनिबार, भाद्र २० २०८३

भारतमा नोटबन्दीको समस्या बारे दूतावासमा अन्तरकृया कार्यक्रम हुदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अर्जुन खनाल, नयाँ दिल्ली भारत।
अहिले भारत भरी नोट बन्दीको ठुलो असर परेको छ । भारतामा मात्र हैन यसको असर छिमेकी रास्ट्र नेपालमा पनि देखिएको छ । भारतमा लाखौ नेपाली रोजागरको सिलसिलामा कार्यरत छन् । केहि मान्छेको बैक एकाउन्ट भएपनि धेरै जसो नेपालीका भारतमा बैक एकाउन्ट छैन ।

अझै पनि तेस्ता ब्याक्तिहरु अन्योलमा छन् अलि अलि गरेर कमाएको पैसा कहा राख्ने के गर्ने ? भन्नेमा सोहि कारण भारतमा बस्ने नेपालीहरुलाई परेको मर्कालाई महसुस गरी एभरेष्ट बैंक भारत शाखाले एक अन्तर्क्रीया कार्यक्रमको आयोजना गर्ने एभरेष्ट बैंकका भारत प्रतिनिधि भरत कार्कीले हिमाल पोस्टलाई जनाकारी दिए ।

खास गरी प्रवासीहरुलाई नोट बन्दीको कारणले समस्या पारेको र यसको निकाश के हुन सक्छ ? भन्ने बिषयमा छलफल गर्न एभरेष्ट बैकको तर्फबाट भरत कर्की र पन्जाव नेसनल बैक भारतको तर्फ बाट दिपक कुमार चोपडाले निमन्त्रणा गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रम यही डिसेम्बर १९ तारिको दिन अर्थात् सोमबारको दिन दिउसो २:३० बजे नेपाली राजदुतावासको कन्फेरेन्स हलमा संघ सङ्गठनका प्रतिनिधि, पत्रकार, आदिलाई उपस्थित भई नितान्त बिसयमा आ-आफ्नो बिचार राखि दिन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend