logo
  • शनिबार, साउन ३० २०८३

प्रदेश नं ५ टुक्राउने र नटुक्राउने बिषयमा जनमत संङग्रह ५ हजार मत खसे


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर ३०।
५ नम्बर प्रदेशलाई अलग्याने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनको बिरोधमा संयुक्त युवा बिद्यार्थी संघर्ष समितीले मंसिर ३० गते नमुना जनमत सङग्रह गरेको छ । प्रदेश नं ५ टुक्राउने र नटुक्राउने बिषयमा जनमत संङग्रह गरेको छ ।
img_1823
५ नं प्रदेश टुक्राउने र नटुक्राउने विषयमा गुल्मेली जनताको विचार बुझ्न सो जनमत सङ्ग्रह गरिएको समितिका सदस्य बिद्यार्थी नेता शोभाखर गिरीले बताए । जनमत संङग्रह अन्तरगत आज भएको मतदानमा करिव ५ हजार गुल्मेलीले आफ्नो मत खसालेको र मत गणना गरी पुस १ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाउने तयारी रहेको गिरीले बताए ।
img_1811
मंसिर १४ गते देखि आन्दोलन र जिल्ला बन्द जारी छ । १६ दिन सम्मको जिल्ला बन्दले दैनिक जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । आन्दोलन दैनिक लम्बिदै गएपछि त्यसका स्वरुप पनि फेरिदै जान थालेका छन् । हिजो गुल्मेली महिलाहरुले प्रधानमन्त्रीलाई कैची, नेपालको नक्सा र फुलमाला उपहार पठाएका थिए ।
img_1816आन्दोेलन परिचालन कमिटीले आफ्नो माग पुरा नभएसम्म जारी आन्दोलन र कार्यक्रम नरोकिने बरु अझ शसक्त बनाउने बताउदै आएको छ । दिनहुँ जिल्ला प्रसासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिइएको छ । जसले गर्दा सरकारी सेवा प्रभावित भइरहेका छन् ।

img_1815

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend