logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा प्रदेश नं ५ टुक्राउनु ठीक वा बेठीक जनमत संग्रह


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी मंसिर ३०।
सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीको सदरमुकाम तम्घासमा जनमत संग्रह भएको छ । संयुक्त यूवा बिद्यार्थीको आयोजनामो प्रदेश नं. ५ बाट पहाडि जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरुलाई टुक्राउने गरी नेपाल सरकारले संसदमा पेश भएको संविधान संसोधन प्रस्तावको पक्ष वा विपक्षमा मतदान भएको छ ।
janamat-gulmiसंशोधन प्रस्ताव फिर्ता गराउन गुल्मीमा चलेको आन्दोलनको जारी १६ औं दनको आन्दोलनको कार्यक्रम अन्र्तगत तम्घासको लाकुरी मञ्चमा प्रदेश नं ५ टुक्राउनु ठीक वा बेठीक भन्ने सम्बन्धमा भएको जनमत संग्रहमा रेसुङ्गा नगरपालिका वडा नं. ४ का ८४ वर्षिय बृद्ध चिन्तामणी पन्थीबाट मतदान गरि सुरुवात गरिएको थियो । बिहान ११ बजेबाट भएको मतदानमा गुल्मीका बिभिन्न व्यक्ति, युवा बिद्यार्थी लगायत स्थानियले स्वतस्फूर्त रुपमा उपस्थित भई आफनो मत दिएका छन् ।
janamat-gulmi-2गुल्मीमा भएको जनमत संग्रहमा झण्डै ५ हजारले मत खसेको संयुक्त युवा बिद्यार्थी आन्दोलन समिति गुल्मीका राजेन्द्र बिक्रम कुवँरले जानकारी दिए । बिहिवार भएको जनमसंग्रह खसेको मतपरिणम साँझ सुरक्षित राखि शुक्रवार गणना गरि एक कार्यक्रमको बिच सार्वजनिक गरिने कुवँरले बताए । गुल्मीमा १६ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बनेको छ । लगातारको बन्दले सर्बसाधारणको दैनिक कष्टकर बन्दै गएको छ ।
janamata-gulmi-1बन्दकर्ताले बिहानै देखि बन्द गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सार, सिमलटारीका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् ।
janamat-gulmi-3विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।

सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ । संघर्ष समितिले पुस १, २ र ३ गते आम हड्ता कढाईका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । तिन दिने आम हड्तालमा शिक्षण संस्था लगायत सबै संघ संस्था सबै बन्द रहने संघर्ष समितिले जजाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend