logo
  • शनिबार, असोज १० २०८३

महिलाहरुले तोडे प्रहरीको घेरा, कव्जा जमाए प्रशासनमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी, मंसिर २९ ।
गुल्मी आन्दोलनको आज १५ औं दिन आन्दोलनको मोर्चा सम्हालेका महिलाहरुले जिल्ला प्रशासन कार्यालयको प्रहरी घेरा तोड्दै प्रशासन भित्र छिरेर सरकारलाई चुनोती दिए । mahilaसरकारका प्रधानमन्त्री प्रचण्डलाई देशको नक्सा, देश टुक्राउने कैची र फुलको माला जिल्ला प्रशासन मार्फत पठाउन भित्र छिर्न खोजेका सयौं महिलालाई प्रहरीले रोक्न खोजे पछि झडपको स्थिती देखा परेको थियो । महिलाहरुको संख्या ठुलो भए पछि प्रहरीलाई घुचेड्दै भित्र प्रवेश धेरैवेर सम्म महिलाहरुको क नारावाजी गरेका थिए । नारावाजी संगै धेरे वेर सम्म जिल्ला प्रशासन महिलाहरुको कव्जामा रहेको थियो ।

केहि वेरको झडम पछि प्रतिनिधी मुलक महिलाहरुलाई मात्र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गनाको कार्याकक्षमा पसालिएको थियो ।सांसद मला बिश्वकर्माको नेतृत्वमा पुगेका महिला नेतृहरु मैना भण्डारी , विष्णुकुमारी सापकोटा लगायतले प्रशासन मार्फत प्रधानमन्त्रीलाई देशको नक्सा, कैची र फुलको माला पठाएका थिए ।

ठुलो संख्यामा जुटेका महिलाहरुले सदरमुकाम तम्घास वजार परिक्रममा गरी ज्ञापन पत्र बुझाए लगत्तै तम्घासको लाँकुरी मञ्चमा विरोध सभा गरेका थिए । विरोध सभामा विभिन्न महिला नेतृहरुले सम्वोधन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend