logo
  • शुक्रबार, साउन ८ २०८३

लगातार १४ दिनको बन्दले गुल्मी ठप्प, जनजिवन कष्टकर


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी मंसिर २८ ।
लगातारको अनिश्चित कालिन बन्दले गुल्मीको जनजिवन कष्टकर बनेको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १४ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ ।
bandaबन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिड्नाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सार, सिमलटारीका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् ।

विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै प्रर्दशन गरिरहेका छन् । गुल्मीको आन्दोलनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।

सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए । बिरोध स्वरुप गुल्मीमा सोमबार तम्घासमा बृहत जनसभा समेत सम्पन्न भएको छ । लामो तथा छोटो दुरीका सवारीका साधन नचलेपछि कुलपुजाको लागी स्वदेश तथा बिदेशबाट घर फर्कनेहरु मर्कामा परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend