logo
  • शुक्रबार, साउन ८ २०८३

सुन्तलाले बजार पाउन थालेपछि किसानहरु उत्साहित


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिश शर्मा गैरे, गुल्मी मङ्सिर २८।
गुल्मी जिल्लाको अति विकट र दुर्गम गाविस अर्लाङ्गकोट ददल्कामा उत्पादित सुन्तलाले बजार पाउन थालेको छ । ददल्का गाँउमा यातायातको सुविधाले उत्पादित सुन्तलाहरु स्थानीय तथा शहरवजारका विभिन्न स्थानसम्म पुग्न थालेपछि कृषकहरु सुन्तलाखेती तर्फ थप आकर्षित भएको युवा व्यवसायी सुधन खरेलले जानकारी दिनुभयो ।
20160106_160211खरेलका अनुसार गाँउमा उत्पादन भएका सुन्तलालाई डोकोमा बोकेर दुई/तिन घण्टाको पैदल यात्रा गरि स्थानीय बजारसम्म पु¥याउन कृषकहरुलाई निकै समस्या भइरहेका अवस्थामा आफूले ठेक्का प्रक्रियाद्धारा सुन्तला किनबेच गरि रहनुभएको छ ।

गाँउका सुन्तलाको मूल्य र उचित वजारको राम्रो व्यवस्था मिलाउन दुःख मिहेनत तथा मँहगो गाडीभाडा तिरेरै भएपनि कृषकहरुको सुन्तला ब्यबसायलाइ साथ दिएको उहाँको भनाइ छ । उहाँले गाँउका सुन्तलाको ठेक्का खरिद गरि सुन्तलालाई स्थानीय तथा बुटवल र काठमाण्डौका शहर बजारसम्म पु¥याउने र बजार विस्तार गर्न आफू लागि परेको बताउनु भयो ।

यसरी ददल्का गाँउका कृषकहरुका बारी र ढिककाल्ना लगायतमा फलेका सुन्तलाको उचित मूल्य र खरिद र दरभाउले गर्दा आफूलाई डोकोमा बोकेर आफ्नो सुन्तला बेच्न कहिकतै जानु नपरेको अर्का सुन्तला व्यवसायी भिम बहादुर भण्डारीले बताउनु भयो । साथै सुन्तला उत्पादनको लागि उर्वर भूमि मानिने ददल्कालाई गाविसलाई जिल्ला कृषि विकास कार्यालय गुल्मीले पकेट क्षेत्रको रुपमा समेत घोषणा गरेको छ ।

हालको सिजनमा ददल्कामा करिव ४ सय क्विन्टल बराबरको सुन्तला उत्पादन भएको व्यवसायी सुधन खरेलले जानकारी दिनु भयो । यतिबेला ददल्काबासी युवा कृषकहरु भने अन्य पेसा भन्दा पनि आफ्ना बारी र ढिक काल्नाहरुमा समेत सुन्तला रोपी सुन्तलाखेती तर्फ आकर्षित भएका छन् । हाल भने ददल्कामा व्यवसायिक रुपमा झण्डै ४० भन्दा बढीले सुन्तलाखेती गदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend