logo
  • शनिबार, साउन ९ २०८३

सांगीतिक कार्यक्रमका लागि ज्योति मगरसंगै एक दर्जन कलाकार कतार आउदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%a4%e0%a4%bf-%e0%a4%ae%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%b0-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87-1-1दिल कुमार श्रेष्ठ कतार ।
यसपालीको नयाँ बर्षको जाडोलाई तताउनको लागी दोहामा ज्योति मगर आउने भएकी छिन् । त्यसै गरि कार्यक्रमको अर्का आकर्षण प्रमोद खरेल हुने छन् । विभिन्न करणले चर्चामा आउने आईरहने ज्योति र सुमधुर स्वरका धनि खरेलले दर्शकहरुलाई मनोरंजन दिने निश्चित छ । उनीहरुसंगै कतारमा एक दर्जन राष्ट्रिय कलाकारहरु आउने भएका छन् ।

आइबोस ग्लोबल कतारको दोश्रो प्रस्तुतिको रुपमा रहेको “New Year Welcome Night 2017” अन्य कलाकारहरुमा आधुनिक गायकहरु प्रमोद खरेल, रुपकुमार राई चर्चित लोक दोहोरि गायक पशुपति शर्मा, गायिका सहिमा श्रेष्ठ हाँस्य कलाकार जितु नेपाल(मुन्द्रे) नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, नृत्याङ्गना रश्मी तामांग, गायिका तथा मोडेल कोपिला गुरुङ मोडेल तथा निर्देशक स्मृति तिमिल्सिना, र उद्घोषिका रुपमा नायिका सुर्जनी केसी दोहामा ओर्लने भएका छन् ।
new-year-sajh-2016३० डिसेम्बर शुक्रवार साँझ ५ बजेबाट सनैया स्थित एशियन टाउन ग्राण्ड मलको पछाडी पट्टि बिशाल हलमा कार्यक्रम हुदै छ । अग्रेजी नंया बर्ष २०१७ को शुभ अबसर पारेर गरिन लागिएको सांगीतिक कार्यक्रममा एक दर्जन राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुसग कतारमा कार्यरत नेपाली समुदायहरुले मनोरंजन लिने भएका छन् । आइबोसले अघिल्ला कार्यक्रमको सफलता पछि अहिले यो कार्यक्रम गर्न लागेको कार्यक्रम सयोजक गोपाल न्यौपानेले जानकारी दिए ।
%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%a4%e0%a4%bf-%e0%a4%ae%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%b0-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87-1-2९ डिसेम्बरको दिन आयोजक आइबोस ग्लोबल कतारको कार्यालयमा दोहाका केही नेपालि समुदायका अगुवाइहरु, आयोजक परिवारका साथिहरू, कार्यक्रमका बिसेष सहयोगी शक्ति क्षेत्री, रित कुमार श्रेष्ठ, कार्यक्रमका प्रमुख सल्लाहकार नेत्र न्यौपाने, बिरेन्द्र के याक्थुङबा र अर्जुन रसाइली लगाएतले पत्रकारहरुसंग कार्यक्रम बारे छलफल समेत गरेको थियो ।

कतारमा बिगतमा हुदै आएको कार्यक्रम भन्दा भिन्न मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम प्रस्तुति रहने धारणा राख्दै कतारमा कार्यरत सम्पूर्ण नेपाली समुदायहरुलाई कार्यक्रममा उपस्थित भइ सागितिक मनोरन्जन लिन कार्यक्रम संयोजक न्यौपानेले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend