logo
  • शुक्रबार, साउन ८ २०८३

बहराईनमा सोनाम ल्होछार मनाईने


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क सम्बाददाता, बहराईन ।
तामाङ सेवा समाजले २८५३औ ज्या ल्हो (चरा बर्ष) सोनाम ल्होछार पर्व मनाउने सन्दर्भमा संस्थाका प्रमुख सल्लाहकार हर्क लो तामाङ्गको अध्यक्षतामा बसेको ल्होछार विशेष बैठक बसेको थियो । बैठकले सोनाम ल्होछार मनाउनको लागी च्याङ्बा लामा तामाङ्गको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ ।

समाजका अध्यक्ष श्रवन मिक्चन तामाङ्गले यसै राज्यसत्ता डटकम मिडिमा मार्फत बहराईनमा स्थापित विभिन्न जातीय क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था संगठनका नेतृत्व ज्यूहरूले उक्त दिनमा कुनै पनि कार्यक्रमका नजुधाई दिनु हुन हार्दिक अपिल सहित यो सुचाना सार्वजनिक गरेको छ ।

बहराईनका प्रख्यात नाम कमाउन सफल विभिन्न विधाका चर्चित स्थानीय कलाकारहरूको बेजोर्ड साँस्कृतिक प्रस्तुतिले भरपुर मनोरञ्जन रहने भएकोले समस्त गीत, संगीत प्रेमी आदरणीय नेपाली दाजु(भाई तथा दिदी(बहिनीहरूमा उपस्थितिका लागि समाजका महासचिव सोनम दोङ्ग तामाङ्गले सादर निमन्त्रणा गरेको छ ।

तामाङ्ग समुदायको परम्परागत मौलिक संस्कार संस्कृतिलाई संरक्षण सम्बर्द्धन स्थापना काल देखि नै हरेक वर्ष ल्होछार विविध मनोरञ्जनात्मकका साथ बहराइनको राजधानी मानमा स्थित यहि आउँदो २ फेब्रुअरी सुक्रबारका दिन डेलमन ईन्टरनेश्नल होटलको प्राङ्गणमा विविध कार्यक्रम गरि मनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend