साझा नेटवर्क
मोहम्मद अजिज अलि, कतार ।
पर्वत जिल्लाको बाच्छा गाबिसबाट रोजगारीका शिलसिलामा कतारमा कार्यरत बाच्छाबासिले आफ्नो गाबिसका धार्मिक एवं पर्यटकिय क्षेत्रलाई संरक्षण र प्रबर्धन गर्ने उद्देस्यले संस्थाको स्थापना गरि कार्यहरु गर्दै आएको कुरा गत शुक्रबार एउटा कार्यक्रमको आयोजना गरि १२ लाख रुपिया संकलित रकमको घोषणा गरेर बताएका छन ।
जिल्लाकै धार्मिक एवं पर्यटकीय बाच्छा बाक्षेश्वर मन्दिरलाइ पुन निर्माण गर्ने उदेश्यले सो रकम संकलन गरिएको र अन्य बिबिध योजनाहरु जस्तै स्वास्थ्य र शिक्षामा पनि क्रमिक रुपमा रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।
संस्थाका अध्यक्ष भिम बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि पर्वत युवा सेवा समाज कतारका अध्यक्ष दिपेन्द्र जंग लामिछाने र विशिष्ट अतिथिहरुमा नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री मो. अजिज अलि र प्रवासी नेपाली मंचका अध्यक्ष रामहरी गैरहे रहेका थिए ।
त्यसै गरि अन्य बिसेष अतिथि र अतिथिहरुमा समाजसेवी चानक पोख्रेल, लम्जुंग सेवा समाजका उपाध्यक्ष कृष्ण बराल पर्बत युवा सेवा समाजका संरक्षक छबिलाल भट्टराई, पर्बत युबा सेवा समाजका प्रमुख सल्लाहकार पूर्ण नेपाली, अनुशासन बिभाग प्रमुख चिन्तामणी पौडेल, आर्थर डाडाखर्क सेवा समाजका अध्यक्ष धन सुनार खाती, सांस्कृतिक संयोजक शक्ति क्षेत्री, खेलसयोजक आन्नद सुवेदी, भुमिकोट सेवा समाजका अध्यक्ष अजय बिक, देबिस्थान सेवा समाजका अध्यक्ष बिक्रम कुवर राजधानी साप्ताहिकका दिल कुमार श्रेष्ठ लगायत रहेका थिए ।
कार्यक्रममा बक्ताहरुले संस्थाको अभियान निक्कै सहरानिय भएको भन्दै सहयोगी सबै धन्यबादका पत्र हुन् र संस्था आगामी दिनहरुमा अझै अगाडी बढेर धर्म संस्कृति र प्रयटनको लागि यस्ता खाले कार्यहरु गर्न सकोस भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष याम बहादुर (अनिल) क्षेत्रीले सम्पूर्ण सहयोगी दाताहरुको नामावली प्रस्तुत गर्दै संस्थाको कार्य प्रगति विवरण सहित भावी योजना बारे प्रकाश पारेका थिए । संस्थाका सल्लाहकार सोम क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम सचिव बिरेन नेपालीको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend