logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको आन्दोलनमा २०६२/०६३ को भन्दा बढि जनसागर


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी मंसिर २७ ।
५ नम्वर प्रदेश टक्राउन खोजिएको विरुद्ध गुल्मीको संयुक्त जनआन्दोनका आज १३ औं दिनको विशाल विरोध सभामा २०६२/०६३ को जनआन्दोलनमा भन्दा बढि जनसागर उर्लिएको छ । 15451180_1084162745025815_577709051_nदशौं हजार भन्दा बढिको संख्यामा सदरमुकाम तम्घासमा निस्कीएको जुलुसको पछिल्लो पंक्ती लाँकुरी मञ्चमा हुँदा अगाडीको पंक्ति पुरै सडक भरीभराउँ पार्दै उदिनढुङ्गामा थियो । जिल्लाको सवै भन्दा ठुलो मैदान तम्घासो चिदीचौर भरिएको थियो भने पारी सडक किनारमा पनि मानिसहरुको उतिकै भिड थियो ।15494103_1084157935026296_526276205_nविशाल जनसागरलाई अव केहि वेर पछि नेपाली कांग्रेसका कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी , नेकपा एमालेका केन्द्रिय सचिव प्रदिपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य चन्द्रबहादुर खड्का उज्वल , सांसद कमला बिश्वकर्मामा , नेकपा मालेका केन्द्रिय सदस्य गोपालमणी गौतम लगायतका नेताहरुले सम्वोधन गर्दै छन् । 15439956_1899176216972516_7821684267372170968_nआउने भनिएका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भैरहवमा प्लेन उनि पुग्न अघि नै छुटे पछि आउन नपाएको बताईएको छ । यो समाचार तयार पारी रहँदा नेकपा माओवादी केन्द्र गुल्मीका नेता भुपाल पोखरे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डे लगायतले सम्वोधन गरी सकेका छन् ।15420896_1899176220305849_8835363894525256740_nकार्यक्रम संयुक्त जनआन्दोलन परिचालन समितका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा चलिरहेको छ भने सञ्चालन सोमनाथ सापकोटाले गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend