logo
  • शनिबार, असोज १० २०८३

आमा शिक्षा कार्यक्रमका लागी १ लाख बढी संकलन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुंग मंसिर २६ ।
बागलुङ जिल्लाको अधिकारीचौर गाउँ विकास समिति स्थित ग्रामीण विकास मञ्चले निरक्षर आमाहरुका लागि सञ्चालनमा ल्याउने भनेको ‘आमा शिक्षा कार्यक्रम’का लागि सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभियान चलाइएको छ ।

उक्त अभियान मार्फत हालसम्म एक लाख १ सय ३८ रुपैयाँ रकम सहयोग संकलन भएको आर्थिक अभियानका संयोजक एवं मञ्चका अध्यक्ष उमेश कुमार बुढा मगरले बताउनुभएको छ ।ग्रामीण स्तरमा रहेका निरक्षर आमाहरुलाई साक्षर बनाउने उदेश्यले मञ्चले गत बैशाख महिनामा आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा अभियानको र्आपचारिक उदघाटन समेत गरेको थियो ।

रेडियो कार्यक्रम र साक्षरता कक्षा सञ्चालनका लागि आर्थिक अभाव खडकिएपछि मञ्चले गएको दीपावलीमा देउसी भैलो कार्यक्रम समेत सञ्चालन गरि करिव ९० हजार संकलन गरेको मञ्चका सचिव प्रशान्त घर्ति मगरले बताउनुभएको छ । गाउँको १८ स्थानमा साक्षरता कक्षा सञ्चालन गर्ने लक्ष्य राखेको मञ्चले पहिलो चरणमा ४ स्थानबाट आमा शिक्षा कार्यक्रमको कक्षा सञ्चालन गर्ने छ ।

जस्को व्यवस्थापनका लागि एक समुहले फेसबुकमा आर्थिक सहायता अभियानलाई तीव्र पारेको छ । अभियानका संयोजक बुढाका अनुसार हालसम्म स्वदेशबाट ४० हजार १ सय तथा विदेशमा रहेको नागरिकहरु खासगरि बैदेशिक राजगारीका शिलशिलामा कतार, मलेशिया, दुवई, कतार, साउदी कुवेत आएरल्याण्ड र कोरियाबाट ६० हजार ३८ रुपैयाँ सहयोग संकलन भएको छ ।

उक्त कक्षा सञ्चालनका लागि सलिउट गोर्खा टे«डिङ सेन्टर , रोेट्रयाक क्लब अफ बाग्लुङ र सेभ युथ क्लब बाग्लुङले शैक्षिक सम्रागी सहयोग गर्ने भएका छन् । यस्तै आजबाट मञ्चले तयार पारेको रेडियो कार्यक्रम पनि प्रशारण सुरु भएको छ । पहिलो अंक आज रेडियो परिवर्तनबाट साँझ ६ः३० वजेदेखि प्रशारण भइसकेको छ ।

उक्त अंक आगामी दिनमा रेडियो ढोरपाटन र रेडियो बुर्तिबाङ तथा खर्वाङको रेडियो सारथी र बरेङमा रहेको रेडियो विहानीबाट यसै हप्ता भित्र प्रशारण हुने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend