logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको रेसुङ्गा क्याम्पसमा भव्य गीत नृत्य सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी, मंसिर २६ ।
गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसको ३४ औं वाािर्षकोत्सवको अवसरको पुर्व सन्ध्यामा आयोजित अतिरिक्त कृयाक्लव कार्यक्रम अन्तरगत आज त्यस क्याम्प प्राङ्गणमा भव्य गी एर्व नृत्य प्रतियोगिता सम्पन्न भएको छ । त्यस क्याम्पसको अतिरिक्त कृयाक्लाव विभागका  संयोजक उपप्रध्यापक शिवलाल खनालका  अनुसार विद्यार्थीहरुको प्रतिभा विकासका लागि गीत र नृत्य  प्रतियोगिता गरिएको हो ।

वार्षिकोत्सव कार्यक्रमका क्रममा यस अघि सो क्याम्पसले गजल प्रतियोगिता पनि सम्पन्न गरी सकेको छ । गजल प्रतियोगितामा त्यस क्याम्पसका विद्यार्थी विक्रम पन्थी प्रथम भएका छन् । रिमा कार्की र सुनिता कँडेल दृतिय भएका छन् । यमुना ज्ञवाली तृतिय भएकी छिन् । सन्तवाना पुरष्कार मायाँ सुनारले हाता पारेकी छिन् ।

वक्तृत्व तर्फ सुर्य खनाल प्रथम भएका छन् । वन्दना रेग्मी दृतिय भएकी छिन् । मायाँ सुनार र अमृता घिमिरे तृतिय भएकी छिन् ।
यो समाचार तयार पार्ने बेला सम्म निर्णयाक मण्डलले विजेता घोषणा गरेको छैन् । कुल २८ टिम विच कडा प्रतिष्पर्धा चलेको निर्णयाक मण्डलको संयोजक उपप्रध्यापक विष्णु कान्त पन्थीले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा भलिवल , टेवुल टेनिस खेलकुद प्रतियोगिता र हाँजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिने भएको छ । आजको कार्यक्रममा क्याम्पस प्रमुख हरिबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो क्याम्पस अतिरिक्त कृयाक्लाव विभागका संयोजक शिवलाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रध्यापक खिमानन्द भण्डारीको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend