साझा नेटवर्क
प्रेम सुनार गुल्मी,मंसिर २४ ।
तराईका जिल्लाहरुबाट पहडी जिल्ला टुक्राउन हुँदैन भनेर सवै भन्दा पहिला बोल्ने नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भोली मंसिर २७ गते सदरमुकाम तम्घासमा हुने विशाल जनसभालाई सम्वोधन गर्न आउने भएका छन् ।
५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै गुल्मीमा सुरु भएको संयुक्त जनआन्दोनको भोली १३ औ दिन सदरमुकाम तम्घासमा विशाल जनसभा हुँदैछ । नेता रायमाझी संगै नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पनि आउने गुल्मी उद्योग वाणिज्य संघका सचिव तथा संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य विरेन्द्र भुसालले जानकारी दिए ।
भोली गाउँ गाउँबाट जनलहर उर्लिने भएको जनाईएको छ ।विशाल जनसभामा केन्द्रका तिन वटै प्रभावशाली नेताहरु आउने भएकोले सवैको सहभागिताको लागि जनआन्दोन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले अपिल गरेका छन । आज १२ औ दिन सदरमुकाम तम्घासमा मानव सांङले जुलुस प्रदर्शन गरिएको थियो । त्यस्तै आज साँझ राँके जुलुस निकाल्ने जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend