साझा नेटवर्क
प्रेम सुनार, गुल्मी मंसिर २६ ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा वहुमुखी क्याम्पसमा एक विद्यार्थीले जिल्ला अस्पताल गुल्मीका छोरी जन्माएकी छिन् । अविवाहित अवस्था मै कुमारी आमा बनेकी उनको वावु को हो भन्ने कुरा उनि वाहेक अरु कसैलाई थाह छैन् ।
गुल्मीकै नयाँगाउँ घर बताउने १९ वर्षिया रमिता मल्ल नाम परिवर्तनले रेसुङ्गा वहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्यानरत रहेको बताईन् । गुल्मीको पुर्कोटदह घर भएका कार्की थरका युवाले आफुलाई चैत्र महिनामा घर नजिकैको जंगलमा शाररीक सम्वन्ध राखेको उनको भनाई छ । कार्की थरका बताईएका ति युवाले नयाँगाउँमा डोजर चालकको काम गर्ने शिलशिलामा उनि संग लसपस भएको उनले बताईन् ।
उनले ति युवाको नाम थर र तस्वीर हामीलाई दिए पनि उनी सम्पर्कमा नआए सम्म गोप्य राखिएको छ । उनको फेशवुक आईडी सहितको तस्वीर हामी संग सुरक्षित छ । संयोयक उनले सदरमुकाम तम्घासमा डेरा सारेको २६ दिन पछि महिला तथा वालवालिका कार्यालयकी कर्मचारी ईन्दिरा थापा पनि सोही घरमै डेरा भएकोले उनलाई अस्पताल पुराउने काम भयो तव मात्र घरबेटीलाई थाह भयो ति युवतीको पेटमा गर्भ रहेछ भन्ने कुरा ।
आज विहान करिव ५ वजेको समयमा जन्मीएको सन्तान र सुत्केरीको हेर विचार स्याहर सुसारका लागि महिला नेत्री विष्णु कुमारी सापाकोटा , निर्मला केसी , निर्मला पोखरेल र महिला तथा वालवालिका कार्यालयकी कर्मचारी ईन्दिरा थापा विहानै देखि अस्पतालमा क्रियाशिल छन् । पहिलो भेट ति युवा संग कसरी भयो त ? भन्ने प्रश्नमा सुरुमा फेशवुक, पहिलो भेट मै जंगलमा गुपचुप भएको उनले बताईन् । दोश्रो पटक उनै कार्की थरका भनिएका युवा संग नयाँगाउँ स्थित घर नजिकैको जंगलमा शाररीक सम्वन्ध स्थापित भएको र त्यसै दिनको गर्भ रहेको उनको ठहर छ ।
ति युवाले आफ्नो घर पुर्कोटदह बताए पनि आफुले उनि वाहेक अरु केहि नचिनेको उनले बताईन् । ९ महिना सम्म घरका वावु आमालाई समेत थाह नहुने गरी गर्भ लुकाएकी उनले ति युवालाई भदौंमा थाह दिएको र सोही दिन देखि उक्त फोन अफ गरेर बसे पछि उनि घर न घाट हुनु परेको थियो । किन थाह दिनु भएन त कसैलाई भन्ने प्रश्नमा उनले थाह दिन मन लागेन भन्ने छोटो जवाफ दिईन् । महिला नेत्री विष्णुकुमारी सापकोटाले ति युवतीको पनि ठुलै कम्जोरी भएको बताईन् ।
चिन्दै नचिनेको मान्छे संग अस्मीता सुम्पने र नौं नौ महिना सम्म गुपचुप बस्ने यस्ता पूवृद्धिले स्यवम उनि एउटी युवतीलाई मात्र नभई आफुहरु अधिकारकर्मीहरुलाई समेत समस्या र चुनौती खडा भएको सापकोटाको प्रतिकृया थियो । अचम्मको कुरा कहिले घर कहिले तम्घास र क्याम्पस गर्दा पनि त्यत्रो पेट भएको वारे कसैले वास्ता गरेनन । यहाँ सम्मकी २६ दिन सम्म डेरामा बसेकी उनलाई घरवेटीले समेत थाह नभएको बताईन् ।
जन्मीएकी सन्तान शकुशल छिन् । केहि वर्ष अघि यसरी नै शिशु जन्मेरी न्वारन गर्ने वावु नभए पछि उनै विष्णुकुमारी सापकोटाले न्वारन गरेकी थिईन । अहिले पनि त्यस्तै भयो फेरी यिनको पनि गर्नु हुन्छ कि भन्ने प्रश्नमा सापकोटाले हाँस्दै भनिन् किन नगर्ने पत्तो नलागे ।
युवतीहरु कुमारी आमा बन्दै बच्चा जन्माउँदै गर्ने, महिला नेत्रीहरुले न्वारान गर्दै रहने हो र पुरुषहरु पानी माथीको ओभानो बन्दै जाने प्रवृद्धि कति दिन रहने हो ? भन्ने चिन्ता बढेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend