logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी सदरमुकाममा भन्दा गाउँमा उत्रियो जनलहर


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी मंसिर २५ ।
५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै गुल्मीमा सुरु गरिएको जनआन्दोलको आज ११ औं दिन सदरमुकाम तम्घासमा भन्दा बढि जनता एउटै गाउँ मरभुङ्गमा उत्रिएका छन् । हजारौंको सख्यामा सिमलटारी वजारमा उत्रिएका मरभुङ्गवासी ५ नम्वर प्रदेश टुक्राउन पाईदै भन्ने नारावाजी गर्दै सिमलटारी वजार परिक्रममा गरी विरोध सभा गरेका थिए ।
1विरोध सभामा नेपाली कांग्रेस भरभुङ्गका सभापित मुक्तिराम पौड्याल, नेकपा एमालेका अध्यक्ष तुल्सीराम अर्याल, नेकपा माओवादी केन्द्रका ईन्चार्जृ सुर्यबहदुर जिसी लगायतका दलका नेताहरुले मन्तव्य राख्दै तराईका जिल्लाबाट पहाडी जिल्ला टुक्राउन खोजिए जस्तो सकुै आन्दोलन गर्न पनि पछि पर्ने सरकारलाई चतावानी दिएका थिए ।

2 त्यस्तै महिला प्रतिनिधीका रुपमा पुनम अर्यालय –अनिषा ), दलित प्रतिनिधी खड्ग नेपाली , मालिका उच्च माविका प्रार्चाय चुरामणी शर्मा अर्याल लगायतले पनि मन्तव्य राख्दै सरकारलाई कडा चेतावानी थिएका थिए ।

सुक्रवार जिल्लाका ९ वटै स्थानमा जिल्लाका नेताहरुबाट सम्वोधन गर्ने भनिए पनि स्थानिय निकाय सिमलटारीमा नपरेको विरोध स्वरुप जिल्लाका नेताहरुले गर्ने कार्यक्रम वहिष्कार गरेर उनिहरु आफैले दोश्रो दिन शनिवार विशाल विरोध सभा गरेका थिए ।

मरभुङ्ग आन्दोलन परिचालन समितिका संयोजक मुक्तिराम पौड्यालको अध्यक्षतामा सम्पन्न विरोध सभामा शिक्षक कृष्णप्रसाद अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend