साझा नेटवर्क
प्रेम सुनार, गुल्मी मंसिर २५ ।
केहि दिन अघि गोठमा बाँधिएको भैसी संग अप्राकृतिक यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका गुल्मीका एक युवालाई प्रहरीले सार्वाजानिक अपराधको मुद्धा पेश गरेको जनाएको छ । गुल्मीको आँपचौर गाविस वडा नम्वर २ का २१ वर्षिय कृष्णप्रसाद खरेललाई यस्तो आरोप लागेको थियो ।
उनले मंसिर २१ गते साँझ करिव ८ वजेको समयमा स्थानिय शोभा खरेलको गोठमा बाँँधिएको व्याउने भैसीको यौनाङ्गमा फालामको रड प्रवेश गराउँदै यौनआनन्द लिएको भन्दै भैसी धनिले समातेर प्रहरीलाई खवर गरेका थिए । मजुवा प्रहरी हुँदै जिल्ला प्रहरी कार्यालयमा ल्याईएका खरेल विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजानिक अपराधको मुद्धा दायर गरिएको सो कार्यालय मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।
उनको मानसिक सन्तुलन ठिक छैन भन्ने स्थानियको प्रतिकृया आएको छ नि ? भन्ने प्रश्नमा प्रहरीले उनको मानसिक सन्तुलन ठिक भएको बतायो ।‘मानसिक सन्तुलन ठिक भएको उ संग गरिएको कुराकानी, उसको अघि पछिको व्यवहारबाट पनि प्रष्ट हुन्छ र मेडिकल परिक्षणले पनि त्यस्तो देखाएको छैन् ’–यादवले भने–‘ पहिल्लै देखि उ यौन पिपाशु स्वभावकोे पाईएको छ ।
उनका अनुसार २०७३ असार १४ गते पनि वाटोमा हिडिरहेकी स्थानिय एक महिलालाई समातेर यौनदुव्र्यवाहर गरेको आरोपमा पक्राउ परेका थिए । जवरजस्ती करणकी फौजदारी अभियोगमा आरोपित खरेल उति वेला २० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । खरेलले आफु मानसिक रुपमा ठिक भए पनि मादक पदार्थ सेवन गरेको वेलामा यौनिक कृयाक्लवबारे केहि होस नहुने प्रतिकृया दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend