logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको जैसिथोकमा १५ सवारी साधन नियन्त्रणमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी मंसिर २५ ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले गुल्मीको जैसिथोकमा १२ वटा मोटरसाईकल र ३ वटा मालवाहक जिप गरि १५ वटा सवारी साधन नियन्त्रणमा लिएका छन् । सरकारले प्रस्ताव गरेको संविधान संशोधनको विरोधमा जैसिथोकमा गरिएको विरोधमा उक्त सवारी साधनहरु नियन्त्रणमा लिइएको आन्दोलनकारीले बताएका छन् ।

गुल्मी बन्द भएको झण्डै ११ दिनमा जैसिथोकमा त्यहाँका राजनीतिक दल लगयतले गरेको बन्दमा सोहि मोटरसाईकल तथा जिपहरु आन्दोलनकारीले नियन्त्रणमा लिएको पत्रकार दधिराम खनालले जानकारी दिनुभयो । आज जैसिथोकमा गाविस स्थित सबै राजनीतिक दल तथा विभिन्न संघ सस्थाँले बिहानैदेखि यहाँको बजार बन्द गराएका छन् । आन्दोलनकारीहरु बिहानैदेखि आन्दोलनमा उत्रिएपछि अघिल्ला दिनहरुमा भन्दा आज जनजिवन बढि कष्टकर भएको बताइएको छ ।

आन्दोलनकारीहरुले विहानैदेखि प्रदेश नम्बर ५ टुक्राउन पाइदैन, हाम्रो आन्दोलन जारि छ, प्रदेश टुक्राउन खोज्ने होसियार, संविधान संशोधन खारेज गर जस्ता नाराहरुसहित ¥यालि समेत निकालेको वाइ. सि. एल. जिल्ला सदस्य कृष्ण अधिकारीले जानकारी दिनुभएको छ । अघिल्ला दिनहरुमा बन्दको कुनै प्रभाव नपरेको जैसिथोकमा आज पूर्णरुपमा बन्द गराइएको नेकमा एमालेका गाउं कमिटि अध्यक्ष पूर्ण प्रसाद पाखरेलले बताउनुभयो ।

आज विहानैदेखि यहाँका उद्योग, कलकारखाना तथा पसलहरु बन्द गरिएको छ । सदरमुकाम तम्घास छिर्ने कुनै पनि सवारि साधनलाई रोक लगाइएको छ । जसले गर्दा जैसिथोकबाट चल्ने छोटो तथा लामो दुरिका कुनै पनि सवारी साधनहरु सञ्चालन हुन सकेका छैनन भने जिल्लाका पूर्कोट दह, भनभने, हाडहाडे, धुर्कोट रजस्थल, अग्लुङ् फेदि, म्यालपोखरी लगायतका स्थानबाट आएका सवारी साधन तथा यात्रुहरु पनि जैसिथोकमै अलपत्र परेका छन् ।

नियन्त्रणमा लिइएका सवारी साधनहरु ३ घण्टापछि फिर्ता गरिएको छ । बन्दकर्ताहरु बिहानैदेखि बन्दमा उत्रिकोले यहाँको सुरक्षा ब्यवस्था पनि कडा बनाइएको प्रहारीले जनाएको छ । ¥यालिपछि जैसिथोकस्थित राजनीतिका दलका प्रमुख तथा प्रतिनिधिहरुले बन्दको कार्यक्रमलाई सम्बोधन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend