साझा नेटवर्क
गोपाल सिवा, कुवेत मङ्सिर २५ ।
कुवेतमा रक्सीको कारखाना खोली अबैध धन्दा गर्ने सात नेपाली पक्राऊ परेका छन् । कुवेतको यारमुक भन्ने स्थानमा प्रहरीले छापामारी सात जनालाई पक्राऊ गरेको हो भने पक्राउ परेका सातै जना नेपाली रहेको खुलेको छ । प्रहरीले उनीहरुका साथबाट १५०० बोतल रक्सी, ड्रममा राखिएको रक्सी बनाउने कच्चा पदार्थ बरामद गरेको छ ।
पक्राउ पर्ने सात जना मध्ये ४ महिला र ३ पुरुष छन् । प्रहरीले उनीहरुलाइ पक्राऊ गरी थप अनुसन्धान गरिरहेको बुझिएको छ । स्थानीय प्रहरीले कुवेतमा यसरी पक्रिएको अहिलेसम्मकै दोस्रो सवै भन्दा ठुलो रक्सी कारखाना पत्ता लगाएको हो यस भन्दा अघि पनि कुवेतको साल्वा भन्ने स्थानमा १५०० बोतल रक्सी सहित सातै जना नेपाली पक्राउ परेका थिए ।
पक्राऊ परेका नेपालीहरुको बारेमा सोसियल मीडिया आइमान म्याट को फेसबुक पेज मार्फ़त समाचार बाहिर आएको छ । कुवेतमा मदिरा उत्पादन तथा बेचबिखन गैरकानूनी मानिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend