साझा नेटवर्क
महेश कार्की, कतार ।
सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । सु प बाट वैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेका सम्पुर्ण सु प बासीलाई सम्ट्दै प्रवासमा भैइ परि आउने समस्यालाई सम्बन्धित निकाय समक्ष पुगि सो बारे जानकारी गराई समस्याको समाधान गर्ने र सु प का पर्यटकीय सम्भावना बोकेका विभिन्न पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गर्दै विश्व समु पुर्याउनुका साथै सु प का विभिन्न कुरितीलाई अन्त्य गर्न विभिन्न जनचेतना मूलक कार्यक्रमको बाताबरण सिर्जना गर्नका निम्ती “हिमाल, पहाड, तराई एकताको कामना समृद्ध समाज निर्माण सु प सेवा समाजको चाहाना” भन्ने नारा लाई आत्मसाथ गर्दै एउटा समाजिक बिसुद्द सस्थाको रुपमा गठित सु प सेवा समाज दोस्रो बर्षको साधारणसभा विविध साकृतिक कार्यक्रमका साथ भब्य रुपमा सम्पन्न भएको छ ।
अमृत शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सस्थाका संरक्षक तथा समाज सेवि नरेन्द्र भाट रहनु भएको थियो भने अथितिमा सस्था का सल्लाहकार सदस्य महेश जोशी ,सल्लाहकार सदस्य धन बहादुर बलायर, सल्लाहकार सदस्य जयराज बिस्ट ,ठकुरी सहयोग संजाल कतार का अध्यक्ष श्रीराम मल्ल, वसन्त फिल्म प्रा.लि.का केन्द्रिय सचिब अबु अली, नमस्ते नेपाल कतार साखाका सचिब अर्जुन बस्नेत युबा समाज सेबि मेघ मुक्तान, वसन्त फिल्म प्रा लि का कलाकार सारोद केशी रहनु भएको थियो।
दोहा स्थित टपफम होटेलको सभा हलमा सम्पन्न साधारणसभामा सु प का कलाकार गङ्गादत्त गिरि, महेश नाथा, रिमा लामा, नबराज प्यासी, लोकेश बि सि, प्रकाश केशी, प्रकाश शिह, गौरब जैसी जोशी, सिखा लप्ली मन बहादुर जोराले आफ्नो प्रतुती राखेका थिए । सु प का कलाकार मन ब जोरा ले स्वागत गित प्रतुत गरेको कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष लिला अधिकारी ले स्वागत मन्तव्य दिनु भएको थियो भने सस्थाको बार्षिक कार्य प्रतिबेदन सस्थाका महासचिव महेश कुमार कार्कीले प्रस्तुत गरेका थिए ।
त्यसैगरी सस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष उदब शिहले प्रस्तुत गरेका थिए । सस्थाको तर्फबाट शुभकामना मन्तव्य बरिस्ठ उपाध्यक्ष सुरेन्द बिस्ट र सनैया इकाइ कमिटी अध्यक्ष गणेश तिरुवाले प्रस्तुत गरे । सु प बासीको बाख्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै सबै बक्ताले सु प सेवासमाज कतारले गरेका कामको उच्च मुल्यांकन गर्दै अझै आगामी दिनहरुमा राम्रा कामहरु गर्न आग्रह गर्दै निबर्तमान कार्यसमितिलाई धन्यवाद दिदै नयाँ आउने कार्यक्रम समितिलाई सफलताको शुभकामना समेत बेक्त गरेका थिए ।
कार्यक्रममा तदर्थ समितिका सदस्य लगयत विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्याक्ती र सस्थालाई कार्यक्रमका सभापति, प्रमुख अतिथि र अथितीहरुले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सस्थाका महासचिव महेश कार्कीले सन्चालन गरेको कार्यक्रममा सामुहिक नित्य तथा सु.प.को मैलिक सस्कृती झल्काउने देउडा गित पनि खेलिएको थियो। सोहि साधारणसभाले ३५ सदस्सीय नया कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष :- अमृत शाही
बरिस्ठ उपाध्यक्ष :- सुरेन्द्र बिस्ट
प्रथम उपाध्यक्ष:- परमान्द भट्ट
द्वितिय उपाध्यक्ष:-उदब बहादुर शिह
महासचिव :- महेश कार्की
सचिव :- खेमराज भट्ट
सह-सचिब :- अनिल भट्टराई
कोषाध्यक्ष :- दामोदर घिमिरे
सह कोषाध्यक्ष :- नरेश प्रशाद जैशी
सचिवालय सदस्य :-भरत बिस्ट
सचिवालय सदस्य :- केशव खत्री
सचिवालय सदस्य :-निशा ढकाल
सचिवालय सदस्य :-गङ्गादत्त गिरि
सेती अञ्चल संयोजक:-मान बहादुर बटाला
महाकाली अञ्चल संयोजक:- गोरख चन्द
केन्द्रिय सदस्य :- प्रमोद पन्थ
केन्द्रिय सदस्य :- महेन्द्र चन्द
केन्द्रिय सदस्य :- खडक बहादुर बिस्ट
केन्द्रिय सदस्य :- रमेश कु भट्ट
केन्द्रिय सदस्य :- नबराज सार्की (प्यासी)
केन्द्रिय सदस्य :- मेगराज अबस्थी
केन्द्रिय सदस्य :- धन बहादुर बिस्त
केन्द्रिय सदस्य :- छ्त्रपति चलाउने
केन्द्रिय सदस्य :- पुष्कर साउद
केन्द्रिय सदस्य :- मोहन बहादुर रावत
केन्द्रिय सदस्य :- जय सिह धामी
केन्द्रिय सदस्य :- सुरत नायक
केन्द्रिय सदस्य :- गणेश तिरुवा
केन्द्रिय सदस्य :- देबिलाल खत्री
केन्द्रिय सदस्य :- मनोनीत
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend