logo
  • शनिबार, असोज १० २०८३

गुल्मीका महिलाहरु कुचो लिएर सडकमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी मंसिर २४ ।
सरकारले आफ्ना माग सुनुवाई नगरेपछी गुल्मीमा कुचो जुलुस प्रर्दशन भएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा जारी आन्दोलनमा गुल्मीका महिलाहरुले बिरोध स्वरुप कुचो लिएर सड्कमा उत्रिएका हुन ।
kuchojuli_gulmiमहिलाहरुले वर्तमान सरकारले फोहोरी काम गरेको भन्दै कुचोले बढारेर सफागर्ने भन्दै उनिहरुले सड्काम उत्रिएका छन् । जिल्लाको सदरमुकाम तम्घासको जिल्ला प्रशासन अगाडीबाट उनिहरुले बजारका बिभिन्न स्थानमा कुचो हातथमा लिएर बढारदै बिभिन्न नारा बाजी समेत गरेका थिए ।
kucho-julmish-gulmi-_0महिलाहरुले बिवाद नभएको पाँच नम्बर प्रदेसमा सरकारले संबिधान संशोधनको निहुमा बिवाद निम्त्याई दिएको भन्दै बिरोध गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासको लाकुरीमञ्चबाट उनिहरु सड्कमा सफागर्दै नाराबाजी गर्दै प्रर्दशन गरेका छन् । कुचो जुलुस प्रर्दशन पछी कोणसभा समेत सम्पन्न भएको छ ।
title-gulmi_61smclovckकोणसभामा बोल्ने अधिकांश महिलाहरुले सरकारबाट भएको फोहोरी खेल तुरुन्त अन्त्य गर्न सुझाव दिएका छन् । महिलाहरुले सरकारलाई जनभावना विपरित कदम नचाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend