साझा नेटवर्क
काठमाडौं, मंसिर २४।
कलाकार तथा गायक आरपी भट्टराईको निधन भएको छ । लामो समयदेखि विरामी रहेका भट्टराईको शुक्रबार विराटनगरस्थित आफ्नै घरमा निधन भएको हो । उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए । त्यसमा पनि तीतो–सत्यमा ‘लाजाराम’ को चरित्र उनको निकै लोकप्रिय थियो ।
उनी गायक पनि हुन् । उनले गीति एल्बम पनि निकालेका छन् । कलाकार निर्माता दीपकराज गिरीले आरपी भट्टराई सुगर र प्रेसरबाट पीडित रहेको जानकारी दिए । ‘चार दिनअघि आरपीले विराटनगर घर जान्छु भनेको थियो, आज यस्तो ऊ संसारमा रहेन,’ गिरीले भने ।
उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा छिन् । अस्वाभाविक मोटाइका कारण उनी सधैं चिन्तित थिए । मोटाइकै कारण आफूले धेरै चलचित्रमा काम गर्न नसकेको गुनासो गर्ने गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend