logo
  • शनिबार, साउन ३० २०८३

नायिकाहरु गायिका बन्ने क्रम बढ्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क संबाददाता काठमाडौँ ।
पछील्लो समय नेपाली नायिकाहरु गायनमा पनि सकृय हुन थालेका छन । यही क्रमलाईपछ्छ्याउदै गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ अब गायिकामा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिका तथा अमेरिकन नेपाली कलाकार संघको भईस प्रेसीडिण्ट समेत रहेकी मिरा गुरुङ ‘गुरुङ कि छोरी’ गीत मार्फत गायनमा प्रबेश गरेकी हुन ।
music-video-gurung-ki-chhori-meera-gurung-model-avtress-artistnepal-nava-dhungel-5गुरुङ चलचित्रको ‘उत्कृष्ट नायिका’को एवार्ड समेत हात पारीसक्नुभएकी मिराले यस् गीतमा लोक र गुरुङ भाषा फ्युजन गरेकी छिन् । झन्डै १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी नायिका तथा गायिका मिरा गुरुङको यस् म्युजिक भिडियोमा गुरुङ कल्चर र लोक परिबेशलाई देखाउन खोजिएको छ । भिडियोलाई पोखराको बिभिन्न रमणिय स्थानहरुमा छाँयांकन गरिएको हो ।

मिन बहादुर तामङको रचना , सन्तोष प्रगाढको संगीतमा, राकेश ओली तथा नरेन्द्र बियोगीको एरेन्ज तथा मिक्सिङ रहेको यस् गीतको म्युजिक भिडियोमा गुरुङ चलचित्रमा आफ्नो स्थान जमाईसक्नुभएका नायक सुनिल गुरुङलाई पनि देख्न सकिनेछ । पोखरामै एक दसक भन्दा धेरै समय देखी डान्स कोरियोग्राफी गराईरहनुभएका कोरियोग्राफर शुवाश राइले यस् भिडियोमा कोरियोग्राफि सम्हाल्नुभएको छ भने ताक्ला गुरुङले बिशेष सहयोग गर्नुभएको छ ।

आर्टिस्टनेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस् म्युजिक भिडियोको निर्देशन नव ढुङेलले गरेका हुन । निर्देशक ढुङेल मिडिया, प्रोडक्सन र एजेन्सीमा सकृय संस्था आर्टिस्टनेपालका निर्देशक पनि हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले यस् भिडियोको सम्पादन गरेका छन । नायिका तथा गायिका मिरा गुरुङको यस् एल्बम तथा भिडियोलाई आर्टिस्ट नेपाल डटकमले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend