logo
  • शनिबार, साउन ३० २०८३

जनताद्धारा ५ नम्वर प्रदेश कार्यालयको उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गुल्मीको जिल्ला प्रशासनमा वोर्ड टाँगियो , कार्यालयमा ताला ठोकियो !

प्रेम सुनार, गुल्मी मंसिर २३ ।
गुल्मी आन्दोलनका आज नवौं दिन यहाँका राजनैतिक दलका सवै नेता र जनता मिलेर ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्ला प्रशासनको औपचारिक उद्घाटन गरेका छन् ।
udghatan
यहाँका सिडियोलाई प्रमुख अतिथीका रुपमा आमन्त्रण गर्दै नेपाली कांग्रेसका सभापति तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालको कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निमबहादुर पाण्डे सहित सवै राजनैतिक दलका नेता , नागरिक समाज , नेपाल पत्रकार महासंघ, गुल्मी उद्योग वाणिज्य संघले संयुक्त रुपमा ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्ला प्रशासन कार्यालयको वोर्ड उद्घाटन गरी त्यसै प्रशासन कार्यालय भित्र टाँकेका छन् ।

‘सिडियो साव तपाई त १० वजे सम्म कार्यालय आई पुग्नु पर्ने हो, तर सुरुक्षाका कारण आउन नसक्नु भए होला , तपाईका प्रहरीले सुरक्षा दिन नसके पनि हामीले सुरक्षा दिन्छौं ढुक्क भएर आउनुस् ’ भन्ने व्याङ्ग गर्दै प्रमुख अतिथी आमन्त्रण गरिएको थियो ।

हिजो देखि गुल्मीमा कार्यभार सम्हाल्न आई पुगेका सिडियो कृष्णप्रसाद ढुङ्गाना कतै झुलक्क देखिएका छैनन् । माईकबाट उनको क्वाटर तर्फ चर्को चर्को स्वरमा हुकार गरियो , जिविसमा ताला ठोकियो , प्रहरी पछाडी हट्यो , जिल्ला प्रशासन कार्यालय आन्दोलनकारीको कव्जामा लिईयो तर पनि सुरक्षा निकायले बल प्रयोग नगरेर मुडभेड हुनबाट जोगाएको छ ।

आन्दोलनकारी दुवै कार्यालयको चिसो खाँदै बसी रहेका छन् भने उता पारी कर्मचारीहरु घाम तापी रहेका छन् । आन्दोनको आज नवौ दिन थप चर्काउँदै लगिएको छ । आज दिउँसो थाला जुलुस गरिने भएको छ भने मंसिर २४ गते जिल्लाका आठ स्थानमा विशाल आमसभा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend