साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
पत्रकारिता मार्फत समाजमा योगदान पुर्याएको भन्दै प्युठान सेवा समाज दोहा-कतारले पत्रकार सुनिल खड्कालाई सम्मान गरेको छ । पत्रकारिताको सिलसिलामा कतारको भ्रमणमा रेहका पत्रकार खड्कालाई प्यूठान सेवा समाज दोहा कतारले गत शनिबार सम्मान गरेको हो ।
खड्कालाई समाजले एक कार्यक्रमको आयोजना गरी सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेको हो । समाजका का.वा. अध्यक्ष बलदेव रानाको सभापतित्व रहेको सम्मान कार्यक्रममा समाजका संरक्षक लिला जि.सी. प्रमुख सल्लाहकार कमल आचार्य, समाज सेवी खगेश्वर भुषाल लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर जिल्लामा जन्मिएर सानै उमेर देखि संचार क्षेत्रमा रुचि राख्दै बिगत १२ बर्ष देखि पत्रकारिताको क्षेत्रमा क्रियाशील रहदै खड्का नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, प्रेस सेन्टर नेपालको प्रदेश अध्यक्ष, रेडियो निकासको अध्यक्ष, प्रदेश दैनिकको सम्पादक र टिम टेलिभिजनको कार्यक्रम प्रस्तोता जस्ता पदमा रहेर काम गर्दै आएका छन । कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले पत्रकार खड्कालाई अझ सशक्त रुपमा अगाडी बढ्न एवम पत्रकारिता क्षेत्रमा सफलताको शुभकामना दिए ।
कार्यक्रममा बोल्दै पत्रकार खड्काले सात समुन्द्र पारी रहेर पनि मुल्यांकन तथा यो सम्मानले आफुमा थप जिम्मेवार र उर्जा थपिएको बताए । प्युठान सेवा समाज कतारबाट सम्मानित हुन् पाउदा आफु निकै नै भाग्यमानी तथा खुसि भएको बताउँदै समाजलाई धन्यवाद एवम आभार ब्यक्त गरे ।
समाजले कतारमा आयोजना हुने कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपालबाट आउने विभिन्न व्यक्तित्व, पत्रकार तथा कलाकारहरुलाई सम्मान गर्दै आईरहेको छ । प्युठान सेवा समाज कतारले प्रवासमा तथा स्वदेशमा बिभिन्न सामाजिक कार्यहरुमा सहयोग पुराउदै आइरहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend