logo
  • शनिबार, साउन ३० २०८३

पश्चिमाञ्चल स्तरिय व्याटमिन्टन प्रतियोगीतामा १६ जिल्लाका ९० खेलाडी सहभागी हुदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी  मंसिर २२।
पश्चिमाञ्चल स्तरिय व्याटमिन्टन प्रतियोगीता गुल्मीमा हुने भएको छ । सातौ खेलकुद प्रतियोगीताको छनोट खेल मंसिर २३ गतेबाट २७ गते सम्म गुल्मीममा सम्पन्न हुँदैछ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराइएको थियो ।15423787_1259836907415007_92189208_nप्रतियोगीताको उद्घाटन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले गर्ने कार्यक्रम तय भएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले इतिहासमै पहिलो पटक ठुलो प्रतियोगिता जिल्लामा गर्न लागिएकाले सवैलाई सहयोग गर्न आग्रह गर्नुभयो । १६ जिल्लाका खेलाडी आफ्नो जिल्लामा ल्याउन पाउनु सुखद पक्ष भएकाले उनीहरुलाई रेसुंगा सम्म पुरान समेत समन्वयकारी भुमिका निर्बाह गर्ने भण्डारीले बताउनुभयो ।

प्रतियोगीतामा १६ जिल्लाका ९० जना खेलाडी सहभागी हुँदैछन् । ५ दिन सम्म संचालन हुने प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको कर्भड हल र फिल्महलमा रहेको कर्भडहल गरि दुई स्थानमा हुने जिल्ला व्याटमिन्टन संघका अध्यक्ष भरत भलामीले बताउनुभयो । उहाँले अहिले केहि प्राविधिक खेलाडीलाई जिल्ला भित्राउने र व्यावस्थापन गर्ने कार्य भैरहेको बताउनुभयो । व्याटमिन्टनमा जिल्लाबाट २ जना महिला र ४ जना पुरुष सहभागी हुँदैछन् । प्रतियोगीता र खेलाडीलाई म¥यादित बनाउ जिल्ला प्रहरी कार्यालयलाई सुरक्षाको लागि आग्रह गरिएको खेलकुद विकास समिति गुल्मीका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगीता पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति गुल्मीको सयोजनमा सम्पन्न हुँदैछ । खेल बिहिबार बिहान ११ बजेबाट शुरु हँदैछ । त्यस्तै सातौ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागी देशमा विभिन्न ठाउँमा भएका छनोट खेलमा भागलिन जिल्लाका झण्डै २ सय ५० खेलाडी जिल्ला बाहिर रहेको खेलकुद विकास समिति गुल्मीका सदस्य मनोज काउछाले जानकारी दिनुभयो ।

पोखरामा जारी डिक्स थ्रोमा केशव कुमालले गोल्ड मेडल पाएका छन् । १५ सय र ८ सय मिटर दौडमा रोहित अधिकारी उत्कृष्ट भएका छन् । ५ हजार मिटर दौडमा सिता सेन द्धतिय भएकी छन् । ८ सम मिटर महिला दौडमा गिता विक पनि उत्कृष्ट भइन ।

तनहुँमा जारी ४६ केजी र ५६ केजी तेक्वान्दोमा क्रमश दिपा पुन र सपना सारु तृतिय भएको काउछाले जानकारी दिनुभयो ।पोखरामामै जारी क्रिकेट र बक्सीङ्ग प्रतियोगीतामा गुल्मी सेमिफाइनमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend