logo
  • शनिबार, साउन ३० २०८३

माग सुल्टो पार्न गुल्मीमा उल्टो जुलस


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी मंसिर २२ ।
आन्दोलनको वेग्लै रुपम दिने गरी आज गुल्मीमा संयुक्त जनआन्दोलनको सातौं दिन उल्टो जुलुस् निकालिएको छ । हिजो छैठौं दिन दिउँसै राँके जुलुस् किकालेर सरकार विरुद्ध व्याङ्ग प्रहारी गरिएको दोश्रो दिन दिउँसो १ वजे देखि तम्घासको लाकुरी मञ्चबाट आन्दोनकारीहरु उल्टो गतिमा सकिनसकी हिड्दै वजार परिक्रममा गरिरहेका छन् ।

पाँच नम्वर प्रदेश टुक्राउन पाईदैन भन्ने माग राख्दै सुरु गरिएको आन्दोलनभर जिल्ला प्रशासन कार्यालय धर्ना दिन समेत छाडिएको छैन् । गत सात दिन देखि वन्दका कारण यहाँको जनजिवन प्रभावित भएको छ । व्यापार व्यवसायी ठप्प रहेको छ भने यातायात बन्दले आवत जावतमा जनताले सास्ती खेपेका छन् ।

यो अवस्थामा पनि सरकारले कुनै निकास निकाल्ने चेष्टा नगरेको प्रति जनता थप आक्रोषि बन्दै गएका छन् । यसै विच गुल्मीको वलेटक्सार, रिडी लगातयतका गाउँ स्तरमा पनि आन्दोलन तिव्र पारिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend