logo
  • शनिबार, साउन ३० २०८३

पोखराको क्रिकेट खेलमा गुल्मीको सानदार जित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी मंसिर २१।
७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट प्रतियोगिताकोे क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको छ । लम्जुङ्ग माथी गुल्मीको आठ विकेटको जितमा विस–विस ओभरको खेल भएको थियो ।
k-2त्यसमा गुल्मीका रमेश श्रीस्को कप्तानी रहेको टिमले लम्जुङ्गले दिएको ९६ रनको लक्ष्यलाई दुई विकेटको क्षतिमा १२ ओभरमैं हाँसिल गरेर गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको थियो । उक्त खेलमा म्यान अफ द म्याच गुल्मीका सुसन्देश पुनले निरन्तर ४६ रन प्रहार गरेका थिए । गुल्मेली टिमको रोमञ्चक क्रिकेट खेल प्रदर्शनले पोखराको खेल मैदानमा ताली र वाहवाहीले गुञ्जायमान बनेको थियो ।
k-1अन्य खेलमा पनि गुल्मीको उत्कृष्ट प्रदर्शन चलिरहेको जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष समेत रहेका रमेश श्रीस्ले जानकारी दिए । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख दिपक केसी सहित विभिन्न विधामा भिड्नका लागि पोखरामा गुल्मीबाट करिव २ सय ५० जनाको खेलाडी टोली पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

यसै विच क्षेत्रिय व्याडमिन्ट प्रतियोगिताका लागि १६ वटा जिल्लाका खेलाडीहरुको जमघट गुल्मीमा हुने भएको छ । समितिका अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार यहि मंसिर २३ गते देखि २७ गते सम्म जिल्ला विकास समितिको गर्भडहलमा क्षेत्रिय व्याडमिन्टन प्रतियोगिता हुने र त्यहाँ १६ वटा जिल्लाका खेलाडीहरु भिड्ने भएका छन् ।

खेलहरु मध्ये वर्तमान पिढीलाई निकै आकर्षक पारेको व्याडमिन्टल खेलमा १६ जिल्लाका खेलाडीहरु आई पुग्दा यहाँको पर्यटन विकास र व्यापारमा समेत थप टेवा मिल्ने आँकलन गरिएको छ । यस अवसरमा धार्मिक र पर्यटकिय स्थल रेसुङ्गा लगायत सदरमुकाम तम्घासलाई सफा राख्न सवैले दायित्वबोध गर्नु पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend