साझा नेटवर्क
बिमल खड्का, बागलुङ मङ्सिर २०।
बागलुङ जिल्लाको भिमगिठे गाउबिकास समितिमा तेह्रौ राष्ट्रिय महिला स्वयंसेविका दिवश विभिन्न कार्यक्रय गरी सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवाः स्वस्थ्य, समृद्ध राष्ट्र निमार्णमा टेवा भन्ने नाराका साथ यो दिवश मनाएको छ ।
कार्यक्रममा गाबिस सचिब एवं स्वास्थ्य चौकी सञ्चालन तथा व्यबस्थापन समितिका अध्क्षय सुरज कुमार मलेपतीको अध्क्षयबाट सुरु भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण बहादुर कार्कीको बिशीष्ठ आथित्यता रहेको थियो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वय सेवीका मिना रायमाझी सम्झना थापा लगाएतले मन्त्व्य राख्नुभएको थियो । सोहि अबसरमा समुदायमा स्वयंम सेबीकाको रुपमा उत्कष्ठ काम गरेबापत पुष्पा बुढा, लक्ष्मी खत्री, र तारा थापालाई प्रति व्यक्ति १ हजारको दरले पुरस्कृत गरिएको छ ।
महिला स्वास्थ्य स्वयंमसेविकाहरुले समुदाय स्तरमा संचालन गरिने गाउँघर क्लिनिक, खोप क्लिनिक भिटामिन ए वितरण, सुरक्षित मातृत्व र बाल तथा नवजात र जस्ता सेवामा महिला स्वयंसेविकाहरुले काम गर्दै आउनुभएको छ ।
कार्यक्रममा स्वास्थ्य चौकीका अहेब तारा बहादुर घर्तिमगरको स्वागत मन्त्व्य र स्वास्थ्य चौकीका प्रमुख दिपेन्द्र केसीले गर्नुभएको हाम्रा सहकमी महेश खत्रीले जानकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend