साझा नेटवर्क
काठमाडौँ, मङ्सिर २० ।
लामो समय देखि शिक्षण पेसामा आबद्द हुदै आएका शिक्षक एम लामाले आफ्नो नया एल्बम तहल्का बजारमा लीएर आएका छन् । पेशाले शिक्षक भएता पनि नेपालि गित संगीत प्रति उनको माया मोह लगाबलाई हेर्दा उनले आफ्नो पेशालाई भन्दा बढी माया गित संगीतलाइ गर्छन ।
यहि माया मोह अनि लगाबका कारण उनले आफ्नो एल्बम बजारमा ल्याए संग संगै आफ्नो एल्बममा समाबेश भएको टाईटल गित “गाउमै तहल्का बजारमै तहल्का तहल्कै तहल्का संसारमै तहल्का” को म्युजिक भिडियो पनि बनाएका छन् । उनको यो गीतमा शितल कादम्बिनीको शब्द रहेको छ भने सुरेश अधिकारीको संगीत संगै किरण कंडेलको एरेन्ज रहेको छ ।
अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो लाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरे सम्पादन संगै सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा चर्चित मोडेल पुष्प खड्का र नायिका सिल्पा पोख्रेलको अभिनय देख्न सकिने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend