logo
  • शनिबार, असोज १० २०८३

बाबूको मृत्युपछि बच्चाहरुको बिचल्ली


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

bachako-bichalliलक्षमन रसाईलि, जाजरकोट मङ्सिर २० ।
गरिब दुखीका दिनहरु दिन सधै दुख नै दुखमा नै बित्छन । झन त पिछडिएको जाती समाजबाट पछाडि पारियको दुखको बेला पनि कुनै सहयोग बिनाको नै हुन्छ।

जाजरकोटको पश्चिम पजारु २ धाउनीका बाबू मुने कामी गत महिना हृदयघातको कारण मृत्यु भय संगै उनकी श्रीमती सर्मिला कामी सहित ४ बच्चाहरुको बिचल्ली परेको छ । जसमा ११ बर्षका प्रेम बि क, ८ बर्षकि निर्मला, ६ वर्षका कर्न बि क र सानी २ वर्षिय छोरी टिकासरा बिक रहेकी छिन ।

गरिबता मै हुर्केका यी बाल बालिकाको राम्रो लालान पालन हुन नपाउदै बाबूको मृत्यु भयको छ । अहिले सर्मिला पनि एकदम नाजुक अबस्था भय संगै यी बाल बच्चा गाउलेहरु कै घरमा गयर घुमेर खाने र कुनै ठुलो परिश्रम गरेर खाने उमेर पनि नहुदा बिचल्ली परेका हुन ।

यिनीहरुको गाउँमा कोहि आफन्त पनि नभयकै कारण न खान न बस्नको अबस्था हुदा बिचल्ली परेका हुन । अहिले चिसो मौसमको समय ती बाल बच्चाहरुलाई न पेट भरी खाना मिलेको छ त न तातो कपडा न बस्ने घर । ११ बर्सिय प्रेम भन्छन” बाबाको मृत्यु भयो, आमा केही गर्न सक्दिनन, अहिले हामी चार भाइ बहिनी छौ ।

खान पनि पाईदैन सानी २ वर्षकि बहिनि न त उनी यता उता गर्न नै सक्छिन, रात दिन हामी रोयर बस्छौ। उनले रुदै भने- कसैको सेवा र सहयोग गर्नु नै शुभ कर्म हो । यी बच्चाको पिडा र दुखलाई सहयोग गर्नु नै धर्म हुनेछ ।

सामाजिक अभियन्ता प्रमोद बिश्वकर्माले सहयोगी सबैमा सहयोगको अपिल गर्नु भयको छ । सहयोगको लागि सम्पर्क: ९८१८६७००१४ मा गरेर अमुल्य सहयोग गर्न समेत अपिल गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend