साझा नेटवर्क
युएई, मङ्सिर २०।
युएईको राजधानी शहर अबुधाबीमा प्रधान कार्यलय रही युएईको विभिन्न शहरमा आफ्नो शाखा विस्तार गरि नेपाली देखि सम्पूर्ण मुलुक बासीहरुलाई सेवा प्रदान गर्दै आएको ग्रीनलाइन ट्राभल एण्ड टुर्स संचालनको ५ बर्ष पुगेको अबसरमा आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुका लागि एक महिना लागि बिशेष छुटको योजना लिएर आएको छ ।
नेपालीहरुको लगानीमा युएईमा पहिलो तथा धेरै शाखा भएको यस ट्राभल सन २०११ देखि संचालनमा आएको हो । भिजिट भिसा, हवाई टिकट तथा टुरिजम प्याकेजमा नेपालीहरुको लागि डिसेम्बर महिना भरि बिशेष छुटको ब्याबस्था गरिएको ग्रीनलाइन ट्राभल एण्ड टुर्सका संचालक बालकृष्ण खडकाले बताए ।
२०११ देखि युएईमा संचालनमा आएको ग्रीनलाइन ट्राभलले ग्रीनलाइन ट्राभल एण्ड टुर्स ग्रुप अफ कम्पनि बनाएर युएईकै बिभिन्न राज्यमा ८ वटा शाखा र कतारमा अल कूट ट्रभल संचालनमा ल्याएको संचालक खड्काले बताए । युएईमा ग्रीनलाइन ट्राभल एण्ड टुर्सको ब्यबस्थापनमा ग्रीनलाइन फार्म हाउस समेत संचालनमा रहेको छ ।
फार्म हाउस ५० जनालाई खाना बस्नका लागि राम्रो र ब्यबस्थित कटेज र १० हजार जना जना संख्या सम्म अट्न सक्ने क्षमता भएको ५० रोपनी क्षेत्रफलमा फैलिएको खड्काले बताए । ग्रीनलाइन ट्राभल एण्ड टुर्सको कुनै पनि शाखाबाट डिसेम्बर महिना भरि टिकट खरिद गर्ने सबैलाई निशुल्क एयरपोर्ट आवत जावत यातायातको सुबिधा समेत दिने बताउदै खडकाले ट्राभलमा नेपाली ,इन्डियान ,फिलिपिनी , श्रीलंका , बंगलादेशी जोडनका गरि ५ दर्जनले रोजगारी पाइरहेका छन ।
आफनो डेजर्ट क्याम तथा होटल संचालनको लक्ष्य लिएको बताउदै खड्काले ग्रीनलाइनलाई युएईको टप १० ट्राभल एजेन्सी बनाउने उदेश्य रहेको बताएका छन । ग्रीनलाइन ट्राभल ग्रुप अफ कम्पनि सधै आफ्नो ग्राहकहरुको सेवामा इमान्दारी साथ सर्बसुलभ तरिकाले लागेको हुदा सम्पूर्ण ग्राहकहरुको रोजाइमा समेत परेको छ ।
ग्रीनलाइन ट्राभल ग्रुप अफ कम्पनि बालकृष्ण खड्का र ठाकुर प्रसाद ढुंगानाको संयुक्त लगानीमा लगानीमा संचालनमा आएको छ भने यसको शाखा कार्यलय नेपालमा समेत रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend