साझा नेटवर्क
रुद्र शर्मा, कतार ।
बिदेसी भुमि कतारमा नेपाली कला र सस्कृतिको जगेर्ना गर्ने उदेश्यले आइबोस ग्लोबलको सरक्षणमा रहने गरि कतारमा छरिएर रहेका कलाकार हरुलाई एक जुट गराउन कलाकार राज लामाको संयोजकत्वमा “आइ बोस म्युजिकल टिम”को निर्माण गरिएको जानकारी सरक्षक गोपाल न्यौपानेले दिएका छन् ।
आइबोस ग्लोबल कतारको कार्यालयमा गत २५ नोभेम्बर २०१६ सुक्रबारका दिन बसेको एक बृहत भेलाले उक्त साङ्गितिक टिमको निर्माण गरेकोहो सह-संयोजक लक्ष्मी गिरिले गर्नेछ भने ब्यबस्थापकमा खगेन्द्र परियारलाई जिम्मेवारी दिएइएको छ ।
त्यसै गरि प्रमुख सल्लाहकार नेत्र न्यौपाने सरक्षक गोपाल न्यौपाने संयोजक राज लामा सह-संयोजक लक्ष्मी गिरि ब्यबस्थापक खगेन्द्र परियार रहेका छन भने सल्लाहकार समितीमा रिदम कला केन्द्र कतारका संयोजक गजेन्द्र मल्ल पनि रहने भएको छ ।
उक्त साङ्गितिक टिमले कतारमा रहेका कलाकार हरुको मनोभावना र चाहनालाई सक्दो सहयोग गर्ने र सगठित रूपमा कलाकार हरुलाइ समेट्ने सस्कृतीको जगेर्ना गर्ने मुख्य उदेश्य रहेको सयोजक राज लामाले जानकारी दिएका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend