logo
  • शनिबार, असोज १० २०८३

जिविसको सक्रियतामा बाढी पीडितलाई खाध्यान्न वितरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ मङ्सिर १९।
जिल्ला विकास समिति बाग्लुङको आयोजनमा जिल्लाको अधिकारीचौर गाबिस सैखोलामा बाढी पीडितलाई राहत स्वरुप खाद्ध्यन्न वितरण गरिएको छ । उक्त गाविसका ८० घरपरिवारका बाढि पडितहरुलाई राहत स्वरुप प्रति घर परिवार ३०–३० केजिका दरले जम्मा २५ क्वीन्टल चामल वितरण गरिएको सामाजिक परिचालक गामति घर्तिले जानकारी दिनु भएको छ ।

गत साउन महिनाको १० र ११ गते परेको भिषण वर्षा संगै आएको बाढिका कारण उक्त स्थानका बासिन्दाले घरबासनै गुमाउनु परेको थियो । जिल्ला विकास समितिको तर्फ बाट दुर्गा भण्डारीको संयोजनमा उक्त राहत स्वरुपको खाद्धयन्न वितरण गरिएको छ ।

कार्यक्रममा सामाजिक परिचालक गामति घर्ति मगर, विभिन्न राजनैति दलका प्रमुख प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । बाढीका कारण बागलुङ पश्चिम क्षेत्रमा ठूलो धनजनको क्षती पुराएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend