साझा नेटवर्क
बिमल खड्का, बागलुङ मङ्सिर १७ ।
बाग्लुङ जिल्लाको भिमगिठे गाउँ बिकास समितिमा सञ्चालन भएको ६ महिने शिलाई कटाई तालिमको समापन भएको छ । धौलागिरी सिप बिकास केन्द्रको बाग्लुङको आयोजना सञ्चालित ६ महिने तालिममा ३४ जना प्रशिक्षाथीको सहभागिता रहेको थियो । सहभागिता मध्येमा उत्कृष्ठको रुपमा परेको ५ जना मध्ये जमुना घर्ति , सपना बिक , बिनीता पुन होम कुमारी श्रीष र भुमिका थापालार्ई सोहि सस्थामा रोजगारको ब्यबस्था गरिने भएको छ ।
तालिममा सामान्य भोटो देखि १५ आईटमाका कपडा शिलाउन तथा कटाई गर्ने सिकाईएको बताएको छ । तालिममा सिकेका शिपहरुलाई ब्यबहारमा लागु गरि व्यबसायिककरण गर्दै कार्यन्वनमा जानुपर्ने बोल्ने बक्ताको भनाई रहेको थियो साथै सोहि प्रशिक्षार्थीहरुले आफुले ग्रहण गरेको शिप को कार्यन्वन गर्ने प्रतिबद्धता ब्यक्त गरेको थिए ।
सोहि तालिमको समापनको अबसरमा प्रशिक्षार्थीहरले लिएको सिपको आधारमा प्रथम द्धितीय तृतीय र अनुसासीत प्रशिक्षार्थीहरुलाई पुरस्कार सहित सम्मान गरिएको छ भने ६ महिना सम्म प्रशिक्षको रुपमा रहनुभएकी संस्थाकी कृष्ण कुमारी बिकलाई प्रशिक्षार्थीले खादा टिका लगाई सम्मान गरेका छन । तालिममा उनीहरुको शिप र क्षमताको मुल्याङकन गर्दे संस्थाको तर्फबाट प्रमाण पत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा भिमगिठे गाबिस वडा नः १ की संयोजक मिना रायमाझीको अध्क्षयता गाबिस सचिब सुरजकुमार मलेपतिको प्रमुख आथित्याता तथा भिमगिठे माध्मीक बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्क्षय पदम बिक प्रअ सागर खरेल ,नेकपा एमालेका दिपक रायमाझी , प्रशिक्षाथी तथा संञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संञ्चालन प्रशिक्षार्थी मनकुमारी श्रीष केसीले गनुभएका
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend