logo
  • शनिबार, साउन ३० २०८३

सरकारको संसोधन प्रस्तावको गुल्मी वामीमा पनि बिरोध


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, गुल्मी मङ्सिर १६।
सरकारले दर्ता गरेको सविधान सशोधन प्रस्तावको गुल्मीको वामीमा पनि बिरोध भएको छ । उद्योग बाणिज्य संघ तथा अन्य संघसंस्थाको बिहान बसेको बैठले उक्त संयोधन प्रस्तावको बिरोध गर्ने निर्णय गरेको हो । निर्णय अनुसार वामीमा नारा तथा जुलुसका कार्यक्रमहरु भएका छन ।
aवामी पहिलै बन्द मुक्त गरिएको हुनाले पसल तथा बिद्यालयहरु भने बन्द नगरिएको उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्यले बताउनुभयो । उहाँका अनुसार बन्द बाहेक नारा जुलुसको माध्यमबाट बिरोध गरिएको छ । नारामा ‘हिमाल, पहाड, तराइ, कोही छैन पराइ’, ‘पाँच नम्बर प्रदेश टुक्राउन पाइदैन’, ‘अखण्ड पाँच नम्बर प्रदेश कायम गरियोस’ जस्ता बिषयहरु उठाइएका थिए ।

वामी बसपार्कबाट शुरु गरिएको नारा जुलुस वामी १ जिपपार्कमा गइ कोणसभामा परिणत भएको थियो । उक्त सभामा बोल्नै सबैले पाँच नम्बर टुक्राउने प्रस्तावको बिरोध गरेका थिए । उद्योग बाणिज्य संघको अगुवाइ तथा वामीमा स्थित राजनीतिक दल, संघसंस्था लगायतको समर्थनमा उक्त बिरोधको कार्यक्रम गरिएको हो ।

सरकारले पेश गरेको संबिधान संयोन प्रस्ताबमा पाँच नम्बर प्रदेशलाइ टुक्राउने प्रस्ताब गरिएको बिषयमा उक्त निर्णय भएको हो । प्रदेश ५ टुक्राउने प्रस्ताव दर्ता भएसँगै पाँच नम्बर प्रदेशमा रहेका जिल्लाहरुमा यतिबेला बिरोधको राँको बलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend